Posted by: Tapariwan June 14, 2010
Login in to Rate this Post:
0
?
काठमाडौँ, जेठ ३१- राजविराज कारागारमा ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक दम्पतीले आफूहरुबीच प्रजनन व्यवस्था मिलाइपाउन सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरुले कारागार मुक्त हुने बेलासम्म प्रजनन शक्ति स्वत: बन्द हुने भन्दै पति-पत्नी सँगै बसी प्रजनन् अधिकार उपयोगको व्यवस्था मिलाउन माग गरेका हुन्।
करिव पाँच वर्षअघिदेखि सर्वस्वसहित जन्मकैदको सजायका लागि पुरुष बन्दी गृहमा रहेका ३७ वर्षका सुरजामरिक डोम र महिला बन्दी गृहमा रहेकी ३० वर्षकी निजकी श्रीमती छेटनीदेवीले उक्त रिट दायर गरेका हुन्।
पैतालीस वर्ष नाघेपछि महिलाको प्रजनन् शक्ति स्वतः बन्द हुने विशेषज्ञको रायबमोजिम छेटनीदेवीले जन्मकैदबाट मुक्त हुँदासम्म प्रजनन् शक्ति स्वतः बन्द भइसक्ने र यसबाट निःसन्तान दम्पतीका रूपमा रहनुपर्ने भएकाले त्यो अवस्था आउन नदिन कारागारमा पति–पत्नी सँगै बसी प्रजनन् अधिकार उपभोग गर्न पाउने व्यवस्था मिलाउन मानवअधिकारवादी संस्थाको सहयोगमा सो रिट दायर गरिएको बताइएको छ।
- रासस
Source: nagarik