Posted by: Rahuldai June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

साइत नजुरी माइत ता जान पाइन्न रे ।


कुन चाँही ग्रह नक्षत्रको तालमेल नमिलेर हाम्रो जमघट नमिलेको हो । नयाँ नेपाल जान अघी बिस्टे काजीको समस्या । फेरी बसै सराइ । यो प्रचन्ड गर्मिमा म:म: पोको पार्दा पार्दै पाक्ने डर ।


जुलाई चार मा रामेको छिमेकी गाम जाने भनेको सोचेकोमा रामेको जिगिरीले ठुलदाईको जाम भन्छ रे। जाम भन्ने ले नाम लिए पो विश्वाश गर्नु , मखुला ? झनी अन्यौल मा छु । हाम्रो भेटघाट पनि देशकै संबिधान जस्तो हुने भो बा ।


म्याद आँफै थपेको बिस्टे काजी, अनिस्चितकालिन । अब आउने क्रिस्मसमा ग्राजुएशन पार्टी गर्ने बिचार  गरेको छु । यसो क्यालेण्डरमा धर्का कोरेर राखम है ।

Read Full Discussion Thread for this article