News ग्लोव नेपाल डट कम प्रतिनिधि भर्जि.."/>
Posted by: grgDai June 8, 2010
कटुवाल अम्रिका आ'छ रे
Login in to Rate this Post:     0       ?        






कटवाल कड्किए अमेरिकामा


Jun 8th, 2010 | By admin
| Category: News


ग्लोव नेपाल डट कम प्रतिनिधि

भर्जिनिया,अमेरिका । नेपाली सेनाको इतिहासकै सबैभन्दा बढी विवादास्पद अवकाश
प्राप्त प्रधान सेनापति रुक्माङ्गत कटवालले मुलुकमा जारी संघीयता र राज्य
पुनःसंरचना प्रक्रियाका बारे आफ्नो तीव्र असन्तुष्टी व्यक्त गरेका छन् ।
संघीयताका कारण देश टुक्रन सक्छ भन्दै कटवालले राजनीतिक दलहरुको
भूमिकाप्रति पनि असन्तुष्टी जाहेर गरेका छन् । नीजि भ्रमणका क्रममा
अमेरिकामा रहेका कटवालले यही जुन ६ तारिख आइतवार यहाँ आयोजित एक
कार्यक्रममा यस्तो असन्तुष्टी व्यक्त गरेका हुन् । नेपाल अमेरिका पत्रकार
संघले आयोजना गरेको कार्यक्रममा उनले प्रजातन्त्रको दह्रो पहरेदार भन्दै
सञ्चारकर्मीहरुको भूमिकालाई भने खुलेर प्रशंसा गरेका थिए । आफू नेपाली
सेनाको मनोबल उच्च राख्न सधैं लागिपर्ने स्पष्टोक्ति समेत कटवालले दिएका
थिए । संघका अध्यक्ष नगेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कडा
रुपमा प्रस्तुत भएका कटुवालले आफ्नो भनाईको आरम्भमै आफू स्पष्टीकरण दिन
आएको होइन भनेका थिए । सहभागीहरुले पूर्व प्रधान सेनापति भनी सम्बोधन गर्दा
उनले सेनापति कहिल्यै सेवा निवृत्त हुँदैन ( जनरल नेभर रिटायर्ड) भनी
अंग्रेजीमा जवाफ फर्काएका थिए । कटवालको शारीरिक हाउभाउ भने बहालवाला सेना
प्रमुखले आफू मातहतका निकायलाई दिएको आदेशको शैली जस्तो देखिन्थ्यो ।

 विभिन्न क्षेत्रका नेपालीहरुको बाक्लै सहभागिता रहेको कार्यक्रममा जनरल
कटवालले आफ्नो कार्यकालमा भएका सबै विवादास्पद निर्णयहरुको बचाउ गरेका थिए ।
सेना मात्र मुलुकको एक मात्र संगठित संरचना भएको संस्था भएकोले यसलाई नियम
कानुन मिचेर चलाउन मिल्दैन भनेर आफूले अडान लिएको भन्दै उनले भने ‘सेना
मात्र यस्तो शक्ति हो जसले सिंगो देश जोगाएको छ । ’ उनले अप्रत्यक्ष रुपमा
नेपाली राजनीतिमा सेनाको भूमिकाको आवश्यकतातर्फ संकेत समेत गरेका थिए ।
विभिन्न देशका रिटायर्ड सेना प्रमुखहरु राजनीतिमा सक्रिय भएको र कतिपयले
शासनको बागडोर समेत चलाएको उदाहरण प्रस्तुत गर्दै कटवालले आफू पनि
राजनीतिमा आउन सक्ने सम्भावनालाई भने नकारेनन् । सहभागीहरुले राखेका
जिज्ञासाहरुको घुमाउरो जवाफ दिएर उम्कन खोजेका कटवालले तत्कालीन राजा
ज्ञानेन्द्रले शासन सत्ता हातमा लिई प्रेसमाथि गरेको ज्यादतीको  कार्य गलत
भएको टिप्पणी गरेका थिए । उनले भने ‘मिडियामाथिको त्यो हस्तक्षेप गलत थियो र
यदि त्यो समय म सेना प्रमुख भएको भए त्यसो गर्न दिने थिइँन । ’ कटवालले
सेनाको भरमा २१ औं शताब्दीमा राजतन्त्र टिक्न सक्दैन भन्ने उदाहरण नेपालको
राजतन्त्रको पतनबाट प्रष्ट भएको भन्दै सेनालाई विवादमा नतान्न आग्रह गरेका
थिए ।

 नेपाल अमेरिका पत्रकार संघका महासचिव आङछिरिङ शेर्पाले स्वागत मन्तव्य र
डि.सी. मेट्रो क्षेत्रका उपाध्यक्ष विष्णु शीतलले धन्यवाद ज्ञापन गरेको
अन्तरक्रियात्मक भनिएको कार्यक्रमको सञ्चालन संघकी सचिव सर्मिला उप्रेतीले
गरेकी थिइन् । दुई घण्टा भन्दा लामो कार्यक्रममा पत्रकार योगेश उपाध्यायले
पनि अतिथिको रुपमा आफ्नो भनाई व्यक्त गरेका थिए । कार्यक्रमको ग्लोब नेपाल
डट कम,नेपाल होराइजन्स डट कम,सगरमाथा टिभी र हिमाली स्वरहरु रेडियो ले
प्रत्यक्ष प्रसारण गरेका थिए । कार्यक्रम सम्पन्न भएपछि ग्लोब नेपाल डट
कमसँग कुराकानी गर्दै जनरल कटवालले अमेरिकामा रहेका नेपालीहरुको देशप्रतिको
मायाबाट आफू निकै उत्साहित भएको भन्दै यस्तो भेटघाटको अवसर जुटाइदिएकोमा
आयोजक नेपाल अमेरिका पत्रकार संघलाई धन्यवाद समेत दिएका थिए । तर
प्रश्नोत्तरको क्रममा ग्लोव नेपाल डट कम प्रतिनिधि र अन्य सहभागीहरुको
जिज्ञासाको जवाफ चाँहि कटवालले गोलमटोलरुपमा दिएका थिए ।



Read Full Discussion Thread for this article