पानी पर्यो हरियो भयो बन
तिमीलाई पाए रमाउँथ्यो मेरो मन
समय छोटो छ तिमीले दिएको एउटा फोटो छ
झरीमय मंगलबारे जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, पानी पर्नुसँग बाउचाको दुई कुराको सम्बन्ध देख्छु:
१) खोला बाढी आएर लहरीलाई भेट्न जान नसक्नु, तर आफ्नै सामुन्ने झरेकी बर्षा बाउचालाई च्वाँक नलाग्नु।
२) बिष्ट्या मकैबारीमा जान नसक्नु।
अनि ठुल्दाइलाई चाँही झरी पर्नु नपर्नुसँग किन बेमत्लब नि? झरी पर्दा रुझ्दै परी आउन छोडिन् कि कसो? त्यसैले लोट्टोको नाममा लक्ष्मीको प्रार्थना र आराधना जस्तो छ नि।
होइन रिट्ठे, ३६ सालमा के भएको थियो न्यू रोडमा? आफूले ईतिहास पढे अनुसार त नेपालमा जनमत संग्रह र छिन्ताङ काण्ड भएको सम्झना छ। २२ बर्षे जवान न परें, त्यतिबेलाको घटनाको साक्षी त परिएन।
चेलीले के फोटो टाँसेको हो देखिएन तर त्यही नमस्कार गरेको फोटो होला, मैले पनि नमस्कार फर्काएँ।
पूरे त बादलको छाँया मुनि शान्तिसँग घुमघाम गफगाफमा होला के आउन भ्याउँथ्यो अनि।
रामे चाँही छोरो लिएर कता घुम्दै हो?
बैरे र नाम छुटेका अरु सबैलाई तारेमाम्।