Posted by: atomic June 6, 2010
Interview with paras.
Login in to Rate this Post:     0       ?        

नियम मिचे पारसले

कास्की, जेष्ठ १९ - विदेशी साथीसँग पोखरा आएका पूर्वयुवराज पारस शाहले विमानस्थलमा ट्राफिक नियम उल्लंघन गर्दै जथाभावी सवारी चलाएका छन् । यसअघि विशिष्ट व्यक्तिको सवारी विमानस्थलको भित्री गेटमै रोकेर भीआईपी कक्ष हुँदै पैदल जाने नियम तोड्दै उनले विमान पार्किङ गरिने 'एप्रोन' क्षेत्रसम्म गाडी लिएर गए ।

काठमाडौं र्फकने क्रममा सोमबार अपराह्न उनी जथाभावी सवारी हाँकेर पोखरा विमानस्थल पुगेका हुन् । पारसले विमानस्थलमा रहेको एकतर्फी प्रवेशद्वारको नियम मिचेर विपरीत दिशाबाट आफैंले चलाएको वा५च ८९७९ नम्बरको गाडी छिराएका थिए । विमानस्थलमा एकातिरबाट पस्ने मात्रै र अर्कोतिरबाट निस्कनका लागि मात्रै भित्रबाहिर लेखेर ट्राफिक व्यवस्थापन गरिएको छ ।

बाहिर निस्कने ढोकाबाट भित्र मात्र उनी पसेनन् विमानस्थलको संवेदनशील 'एप्रोन' कक्षमा कसैको पनि प्रवेश नगराउन सधैं बन्द रहने फलामे ढोकाबाट पनि उनी गाडी नै चलाएर भित्र छिरेका थिए । हेलिकोप्टरबाट केवल दुई मिटरको दूरीमा पुर्‍याएर उनले गाडी रोकेका थिए ।

उनको पछिपछि स्कर्टिङ शैलीमा गएको ना१झ ७८५ सम्मको गाडी पनि सँगै 'एप्रोन' कक्षमै पुगेको थियो ।

सवारी साधन त्यसरी भित्रसम्म पुगेकोबारे विमानस्थल प्रमुख नरेन्द्र थापाले अनविज्ञता प्रकट गरे । 'यसअघि भित्रैसम्म सवारी पुगेको थिएन, संवेदनशील क्षेत्रमा मोटर लैजाँदा यात्रु तथा जहाजलाई बाधा त निश्चितै पुग्छ ।' 'प्राधिकरणको यसअघिको परम्परा र नियम भ्वाइलेन्ट भएको देखिन्छ,' थापाले कान्तिपुरसँग भने, 'यसबारेमा धेरै टिप्पणी नगरौं, सुरक्षा निकायले समन्वय गरी काम गरेको होला ।'

उक्त ढोकाबाट कहिलेकाहीं बिरामी पठाउन एम्बुलेन्स भित्र छिराउन पनि निकै प्रक्रिया पुर्‍याउनुपर्ने र समय लाग्ने गरेको थियो । सुरक्षा, प्राधिकरणका कर्मचारी सबैको निर्णय भएपछि मात्र उक्त फलामे ढोका खुल्ने गरेकोमा पारसका लागि निर्वाध खुला गरिएको थियो । सुरक्षाका लागि भित्र छिर्ने प्रवेशद्वारमा बसेका प्रहरी पारसको मोटर विपरीत दिशाबाट पसेपछि अल्मलिँदै दौडिएका थिए ।

पोखरा विमानस्थलमा जुनसुकै विशिष्ट व्यक्ति आउँदासमेत सडकबाट विमानस्थल क्षेत्रमा प्रवेश गरेपछि भित्री गेटतर्फ नगई विशिष्ट कक्षबाट पैदलै हवाई यात्रा गर्ने प्रावधान छ । विशिष्ट व्यक्तित्वभन्दा पनि भित्र गएर सामान्य नागरिक भइसकेका पूर्वयुवराज शाहले राजतन्त्रको झझल्को दिएको उनको सवारी देखेका प्रत्यक्षदर्शीले टिप्पणी गरे ।

आइतबार आएका उनी यहाँको फिस्टेल लजमा बसेर फर्किएका थिए । छोराछोरीसहित सिंगापुर बस्दै आएका उनी चिनियाँ साथीसँग आएका थिए ।

उनीसँगै आएका केही साथीहरू हवाईजहाजबाट फर्के पनि उनी भने हेलिकोप्टरमै आउने जाने गरेका थिए । सराङकोट घुमेका उनले अधिकांश समय होटलकै कोठाभित्र बिताएका थिए ।


source:
http://www.ekantipur.com/np/2067/2/19/full-news/312474/
Read Full Discussion Thread for this article