Posted by: lovenepalalways June 5, 2010
बेलायतमा तीन नेपाली बिद्यार्थी पक्राउ
Login in to Rate this Post:     0       ?        
Source: ekantipur.com

लन्डन, जेष्ठ २२ -
अध्ययनका लागि यहाँ आएका तीन नेपाली विद्यार्थीलाई युके बोर्डर एजेन्सी
(युकेबीए) ले शुक्रबार पक्राउ गरेको छ ।


नेपालीद्वारा सञ्चालित 'रारा रेष्टुरेन्ट' मा काम गरिरहेका बेला ती
विद्यार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वुद्धि तामाङ, राजु थापा र
बमबहादुर थापा छन् । युकेबीए पदाधिकारीले ति विद्यार्थीसंग सोधपुछ गर्दा
तिनीहरुले कलेजको नाम समेत बताउन नसकेको, कलेजमा हाजिरी नदेखिएको र सबैका
कलेज 'सस्पेन्ड' मा परेकाले ती समातिएका हुन् । छापाका क्रममा करिब १५ जना
पदाधिकारी भ्यानमा आएका थिए भने उनीहरुले काम गर्ने सबैलाई एक एक गरेर
सोधपुछ गरेका थिए ।


रारा रेष्टुरेन्टका मालिक प्रताप रायमाझीले युकेबीए पदाधिकारीको भनाई उदृत
गर्दै इकान्तिपुरसँग भने- 'यी अंग्रेजी बोल्न पटक्कै जान्दैनन्,
कलेज कहिल्यै जाँदैनन् भने उनीहरु यहाँ बस्नुको अर्थ के - कमाउन होइन -
भनेर र्‍याखर्‍याखती पारे । विचरा ति भाइहरु 'नर्भस्' भएर केही बोल्न
सकेनन् अनि समातेर लगे ।'


ती पदाधिकारीले रायमाझीसँग कानुन उल्लंघन गर्नेलाई 'कुनै क्षमा छैन्, तिमी
युकेमा छौं भने यहाँको कानुन पालना गर्नुपर्छ' भनेर रुखो शब्द प्रयोग
गरेको समेत बताए । रायमाझीले ती अधिकारीले आफूसंग कानुनले तोके भन्दा बढि
काम गर्ने करिब ५० हजारलाई समात्ने तयारी भइरहेको समेत बताएको उल्लेख गरे ।
 


युकेबीए पदाधिकारी खासमा नेपाली मधुसुदन पन्तलाई समात्न रेष्टुरेन्ट आएका
हुन् । अवतार सिंह भन्ने व्यक्तिले २६ मे मा दिएको निवेदनका आधारमा
अक्सब्रिज म्याजिष्टे्रट कोर्टले उही दिन 'वारेन्ट' जारी गर्दै पन्तलाई
समात्न आदेश दिएपछि उनको खोजीका क्रममा युकेबीए पदाधिकारी रारा रेष्टुरेन्ट
छिरेका थिए ।  


सोलिसिटर राजु थापाले डेभिड क्यामरन नेतृत्वको संयुक्त सरकारले आफ्नो
'अध्यागमन नियन्त्रण नीति' सशक्त रुपमा कार्यान्वयन गर्न खोजेको देखिएको
जनाए । 'कानुनले दिएको समय भन्दा बढि काम गर्ने विद्यार्थीलाई तुरुन्त
'डिपोट' गर्न सक्ने प्रावधान भएकाले यसमा कसैले वचाउन सक्दैन्'-थापाले
भने-'तोकिएको समय भन्दा बढि काम नगर्न र एनआइ (नेशनल इन्सुरेन्स्) नम्बर
दिएर मात्र काम गर्न विद्यार्थीलाई सुझाव छ ।'
Read Full Discussion Thread for this article