Posted by: chipledhunga June 4, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

फूलै फूल मात्र पनि होइन रहिछ जीवन
काँडा बीच फुल्ने फूल रहिछ जीवन


शुक्रबारे जदौ सबै सक्कली तथा मकुन्डे औतारीहरुलाई।


ठुल्दाइ, बधाई छ धेरै पछी काजु भात खानुभएकोमा।
बिष्टे, क्यारी बिताउँछौ बतासे शहरको काँठमा सप्ताहन्त? स्याउ खाने ठाम त बरु नयाँ खर्कलाई भने होला नि, ठुलो स्याउ भन्ने उपनाम नै छ क्यारे।   
खसी किन्न त "दिवान" (Devon) मार्ग छ नि ठुल्दाइ। त्यही बाटो पनि "महात्मा गान्धी मार्ग" र "मोहम्मद अली जिन्ना रोड" मा बिभाजित छ। हस्तिनापुरको डाँडाखर्क क्षेत्रलाई पनि हालै औपचारिक रुपमा महात्मा गान्धी जिल्ला भनी नामाकरण गरिएको छ। गान्धीको नाममा राखे पनि मासु त हलाल नै हो त्यता पाउने पनि। \
रामे, आज किन मध्यान्ह भन्दा ढिलो भनेर सोध्ने चाँही होइन नि।       
अनि हाकुमै भन्या ब्रान्डी रे? रिट्ठे सर, कुरो कसरी पत्ता लाग्यो? सबिस्तार बयान गर्नु पर्‍यो।   

Read Full Discussion Thread for this article