Posted by: MithoJindagi June 1, 2010
Login in to Rate this Post:
0
?
रहेनौ अब तिमी हामी माझ, तर तिम्रा सबै याद छन हाम्रो साथ
त्यो बल्ल फक्रिएको कोपिला टप्प टिपी किन दिएउ नि ईश्वर यस्तो घात ||
त्यो आवाज, त्यो मुस्कान सबै सुस्ताइ गयो
तिम्रो हाम्रो भेट शायद यो जुनीलाई अधुरै रह्यो
मन मान्न तयारै छैन तिमी गयौ टाढा
तिम्रो उपस्तिथी बिना हामी सबै भयौ आधा-आधा||
हे मेरा परम मित्र सिद्ध कार्की
मेरो मानसपटलमा तिम्रो यादले रेखा कोरेको छ
यो हिर्दयमा तिम्रो चित्र सदाको लागि सजिएको छ
तिमी टाढा भये पनि यो मनमा सधैं तिम्रो बास रहनेछ
समस्त साथीभाइ लगयत परिवारमा तिम्रो कमी खड्की रहेछ
ईश्वर ले तिमीलाई सधैं स्वर्गमा बास दिनेछ
सधैं तिमीलाई स्वर्गमा बास दिनेछ||