Posted by: prabhat41 May 31, 2010
Login in to Rate this Post:
0
?
बित्स्रिन्खलता अती बढ्यो ,आफै आफुलाई थाम्न सकिएन |
फुल काढा भो ,पानी आगो भो ,दिन हो कि रात चिन्न सकिएन |
कौवा को पछी दौढदा दौडदै ,धेरै पर पुगिएछ ,
अन्जान यात्रा,अपरिचित आफन्तहरु ,गन्त्यब के हो बुझ्नै सकिएन |
सुका मा सत्य् बिक्छ ,झुट को कुनै मुल्य् छैन ,
असारे झरी झै माया बर्षन्छ ,गला सुक्दा पानी छैन |
खोटो सिक्का को चल्ती छ् ,जबाहरात बन्द कैदी |
गोही को आसु को चर्चा छ् ,बलिदान को मुल्य् छैन |
अन्धेरो को यात्रा अती भो ,एसलाई लाई पूर्ण बिराम देउ |
माया गर्छु भन्ने हरु ,छाती चिरी ढेखाइ देउ |