Posted by: SimpLe_KeTa May 28, 2010
भडकिलो नजरले नहेर तिमि
Login in to Rate this Post:     0       ?        
तिम्रो चूम्बनको कसम
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=SimpLe_KeTa
-----------------------------------------------------------------------------------

अरुको आलिँगनमा बाँधिएको छुईन  -  मलाई तिम्रो चूम्बनको कसम
अरुको चूम्बकमा    टाँसिएको छुईन  -  मलाई तिम्रो चूम्बनको कसम  ।

कुरैकुरामा   साथि-भाई भेट्दा    अलि कत्ति बढी     पिएको छू
मेरो खुट्टा मात्रै    मात्तेको  छ  आज  -  मलाई तिम्रो चूम्बनको कसम ।

भट्टिको साउनि तरूनि छे, गरिब छे बिचरि, कपडै कम लाउँछे फोरि
टिस मात्रै लाग्छ उसको मजबूरि माथि  -  मलाई तिम्रो चूम्बनको कसम ।

बिस्वास गर मेरो पवित्रता माथि  -  मेरो नजरले केवल तिम्लाई हेर्छ
मलाई सबै महिला दिदी-बहिनि उसको  -  मलाई तिम्रो चूम्बनको कसम ।

समाज सेवी छ यो "सिम्पल_केटो"  -  गरिबको भट्टिमा बोहनि गर्न गाको
असहाय, एक्लो महिलाको पुजा गर्छू  -  मलाई तिम्रो चूम्बनको कसम ।

-------------------------------------------------------------------------------



कमेन्टस् पिलिज ।
Last edited: 28-May-10 08:27 AM
Read Full Discussion Thread for this article