Posted by: Rahuldai May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     2       ?         Liked by

वास: भनेको कहिलेइ मिठो हुन्न, तीतो हुन्छ । कुनै कुनै पीरो हुन्छ ।


गनाउने हुंदैन, गन्ध चाँही हुन्छ । मन पर्नेलाई अत्तर हुन्छ, न पर्नेलाई बदत्तर ।


 जिउनलाई पिउने धेरै छन, पिउन लाई जिउने पनि त्यतिकै छन । पिलाएर कमाउने धेरै छन, पिएर गुमाउने पनि धेरै नै ।


कसैले पीडा भुलाउछन , कसैले नशा फुलाउछन । धेरै रोगको एउटै निदान वास: भन्छन, धेरै वास: को एउटै बास चिहान भन्छन ।


लौ जा वास: महात्म्य लेखी दि हालें ।

Read Full Discussion Thread for this article