Posted by: chipledhunga May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
रामे र रिट्ठे, अहिले आएर कोशेली मागेर कहाँ पाईन्छ? गिर्जा पर्साद फस्ट ट्याम पर्धानमन्त्री हुनु अघी नै होला कोशेली बन्न छोडेको। अरु कुराको पनि आशा नगर्नु। याक काठमाडौंमा पाइन्न, हिमालतिर जानुपर्छ। गैंडा चितवन र बर्दियामा पाइन्थ्यो तर शिकारीहरुले सखाप पार्न लागिसके। यो लोडशेडिङको जवानामा बिजुलीको त झन् आशै नगरे भैहाल्यो। शिखर र देउरालीको आशा भए ठुल्दाइ हिंड्न सक्ने मान्छे पर्नु भएन, त्यो पनि उकालो। सयपत्री भन्या तिहारतिर पाइने हो, अहिले पाइन्न।  सूर्य भन्या ठुल्दाइको हातबाट बाहेक अन्तबाट झुल्किने कुरा भएन।


         

Read Full Discussion Thread for this article