Posted by: nepal_rocker May 16, 2010
घोप्टो पर्न लगाएर गर्धनमा उल्टो खुर्पाले हाने'
Login in to Rate this Post:     0       ?        






















smaller text tool icon
medium text tool iconlarger text tool icon



गजेन्द्र
बोहरा, दाङ, जेठ १ - सामान्य विवादमा यहाँका एक वृद्धलाई माओवादीका
कार्यकर्ताले निर्घात कुटपिट गरेका छन्। दाङ हापुर गाविस- २ गुर्जे निवासी
७२ वर्षीय लछे चुनारा कामीलाई बिहीवार साँझ स्थानीय माओवादीले निर्घात
कुटेका हुन्। वृद्ध कामीको टाउको तथा हातमा खुर्पाले हिर्काएको गहिरो चोट
छ। कामीका अनुसार जग्गाको विषयमा सामान्य विवाद हुँदा उनीहरुले कुटपिट
गरेका हुन्।




[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
ऐलानीपर्ती जग्गामा उनले आफ्नोलागि छाप्रो बनाउन लाग्दा माओवादीले
अवरोध गरेपछि समान्य विवाद भएको थियो। ती माओवादी कार्यकर्ताले त्यहाँ किन
घर बनाएको भन्दै वृद्धलाई लात्ती तथा खुर्पा प्रहार गरेका थिए।

उनले
घर बनाउन खोजेको ऐलानीपर्ती जग्गामा उनलाई कूटपिट गर्ने माओवादी
कार्यकर्ताले पसल थापेका छन्। 'मैले घर बनाउँदै थिए, एकाएक उनीहरु आए'
कामीले भने 'यो जग्गा छोड्स् कि छोड्दैनस् भन्दै लात्तीलात्तीले हाने।'
उनको आफ्नै जग्गा पनि छ। तर छोराछोरीसँग जग्गा विवाद भएपछि उनले नजिकैको
खाली ऐलानी जाग्गामा घर बनाउन लागेका थिए। त्यहीबेला माओवादीका कार्यकर्ता
आएर उनलाई कूटपिट गरेका हुन्। 'यो जग्गा छोड्छस् कि छोड्दैनस् भन्दै कुटे'
आफनो शरीरभरी चोटका डाम देखाएर रुदैं गरेका कामीले भने 'लौ अब त मर्छस्
भन्दै घोप्टो पर्न लगाएर गर्धनमा उल्टो खुर्पाले हाने।'

'जमीन नछाडे
मार्छौ' उनीहरुले ती वृद्ध कामीलाई रुखको फेदमा उभ्याएर लात्तीले भकुरेका
थिए। 'कहाँ हाने कहाँ, पत्तै भएन' उनले भने, 'म बुढोलाई मारेर के पाउँछौं
भनेँ तर किन सुन्थेँ र मैले घर बनाउन काठ काटिरहेको खुर्पा पनि खोसिदिए,
त्यसैले हिर्काए।' उनी कम्मरमा खुर्पा राख्ने खुर्पेटो भिरेरै अस्पताल
आइपुगेका थिए। 'म पल्टेको थिएँ, बसका ड्राइभर खलासीले यहाँ(अस्पताल)सम्म
ल्याइदिए' उनले भने।

यसैबीच कामीले शुक्रवार जिल्ला प्रहरी
कार्यालयमा माओवादी कार्यकर्ता मानबहादुर बुढा र चित्रबहादुर थापाविरुद्ध
आफूमाथि कुटपिट गरेको भन्दै किटानी जाहेरी दिएका छन्। प्रहरीले ती दुई
युवाहरुलाई पक्राउ पनि गरिसकेको छ। उनी कांग्रेसका पुराना सक्रिय
कार्यकर्ता हुन् ।

माओवादीको स्थानीय नेतृत्वले भने राजनीतिक
पूर्वाग्रहबाट नभइ गाउँघरको विवादमा सामान्य हातपात गरेको बताएको छ।
माओवादीका हापुर गाविस इन्चार्ज राजु नेपालीले घरजग्गाको विषयमा विवाद
मिलाइदिन गएका माओवादी कार्यकर्तालाई कामीले तल्लोस्तरको शव्दमा गालीगलौज
गरेपछि सामान्य हातपात गरेको बताए। तस्वीर : माओवादी कार्यकर्ताको कुटाईले
घाइते भएका २७ वर्षीय वृद्ध लछे चुनारा कामी।

[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
Read Full Discussion Thread for this article