Posted by: Neal H May 13, 2010
Actress Pooja Lama विवाह भएको डेढ महिनामै बखेडा
Login in to Rate this Post:     0       ?        
नायिका पूजा लामा र डिजे शिशिर स्याङ्दानबीच कसिएको लगनगाँठो १ महिना १५ दिन नबित्दै सम्बन्ध-विच्छेदको बाटोतर्फ अग्रसर भएको छ । गत कात्तिक १५ गते दाम्पत्य जीवनमा जोडिएको यो सम्बन्ध सुमधुर हुन नसकेपछि अन्ततः छुट्टनिे मोडमा छ ।

भद्रकाली मन्दिर परसिरमा निकटस्थ व्यक्ति तथा सञ्चारकर्मीहरूलाई साक्षी राखेर सम्पन्न भएको यो जोडीको विवाह १५ मिनेटमै सम्पन्न भएको थियो । किन यति छिट्टै छुट्टनि लाग्नुभएको नि ? भन्ने प्रश्नमा नायिका

लामाले साप्ताहिकसँग भनिन्- 'विचार नमिलेर, मैले ऊसँग नबस्ने निर्णय गरसिकें ।'

विवाह भएको १५ दिनमै डिजे शिशिरसँग सम्बन्ध सकिएको घोषणा गरेर शिशिरको घर छोडेकी नायिका लामा सात दिन साथी गायिका निशा सुनारकहाँ बसिन् ।  निशाको घरमा बसेकै बेला शिशिरले घर जान आग्रह गरेपछि उनी श्रीमान्को घर गएकी थिइन् । 'शिशिरसँगको विवादका कारण निशाकोमा गएकी हुँ, तर त्यसबेला निशा बिरामी हुनुले पनि उनको केयरका लागि जानुपर्ने स्थिति थियो' पूजाले भनिन्- 'पछि शिशिर आएर मिलेर बसौं भनेपछि म उनीसँगै जान बाध्य भएँ ।'

पूजा र शिशिरबीचको भिडियो सार्वजनिक भएपछि उनीहरूले विवाह गरेका थिए । भिडियो सार्वजनिक भएको पर्सिपल्टै विवाह गरेका उनीहरूबीच बढीमा एक साता मात्र सुमधुर सम्बन्ध रह्यो । पूजाका अनुसार विवाहको केही दिनमै शिशिरले तिमीसँग विवाह गर्न मैले आफैंले भिडियो सार्वजनिक गरेको हो भनेपछि उनमा शिशिरप्रति घृणा जागेको थियो । 'कसैले आफ्नी श्रीमतीसँगको गोप्य सम्बन्धलाई आफैं पर्दाफास गरेको हो भन्छ भने त्यस्तो श्रीमान्प्रति मैले कसरी विश्वस्त बनेर जीवन बिताउने ?' प्रश्नोत्तर शैलीमा उनले भनिन्- 'विवाह गर्नकै लागि धोका दिने श्रीमान्ले भोलिका दिनमा झन् कति धोका दिँदै जाला आफैं अनुमान लगाउन सक्नुहुन्छ ।'

यता डिजे शिशिरले भने पूजासँगको भिडियो आफूले सार्वजनिक नगरेको दाबी गरे । शिशिरले यो कुरा सुनेर आफू आश्र्चयमा परेको बताउँदै जीवनमा गर्दै नगरेको गल्तीको आरोप सुन्नुपरेको बताए । 'सतिले सरापेको देशमा राम्रो गर्नेको नराम्रो नै हुन्छ भन्छन् नि' उनले भने- 'मैले उनको बेइज्जतिलाई साम्य गर्न विवाह गरेर सम्बन्धको नाम दिएको हो, मैले भिडियो सार्वजनिक गरेको भए म यहाँ नभएर भागिसकेको हुन्थें ।' पूजाले शिशिरले नै भिडियो सार्वजनिक गरेको बताएकाले अहिले होइन भन्नुलाई नौटंकीको संज्ञा दिइन् ।

विवाहका प्रारम्भिक दिनमा खुसी-खुसी चलिरहेको जीवनमा सानो झगडाले विवादको बीउ रोपेको शिशिर बताउँछन् । उनका अनुसार सानो झगडालाई पनि ठूलो रूप दिने पूजाको बानीले गर्दा पनि विवाद ठूलो बन्दै गएको हो । शिशिरले भने- 'मेरो अन्य युवतीसँग सम्बन्ध छ भनेर उनले विवाद बढाइन् । मेरो पुरानी गर्लप|mेन्डसँग अद्यावधि सम्बन्ध छ भन्ने उनको भनाइ छ, तर ती गर्लप|mेन्ड कहाँ छिन् भन्ने मलाई नै थाहा छैन ।'

शिशिरको भनाइको खण्डन गर्दै पूजा भन्छिन्- 'उसले विवाहअघि प्रेमसम्बन्ध रहँदा मेरो पहिलो प्रेम तिमी नै हो भनेको थियो, तर विवाहलगत्तै ऊसँग थुप्रै युवतीसँग सम्बन्ध रहेको थाहा पाएँ, त्यसकारण पनि मलाई उसको व्यवहार सही छैन जस्तो लाग्यो । झूटो बोल्ने उसको बानी रहेछ ।'

सामान्य साथीको रलिेसन मेन्टेन गररिहने भनेर मात्र हाल शिशिरसँग बस्दै आएको बताउने पूजा चाँडै नै कतार जाने तयारीमा जुटेकी छिन् । 'विवाहअघि नै म कतार जाने प्रक्रियामा थिएँ,' उनले भनिन्- 'अचानक बदनाम हुने स्थिति आइपरेपछि मैले विवाहको बाटो रोजेँ, ऊ असल जीवनसाथी भैदिएको भए सायद म यतै बस्थें होला, तर मानसिक रूपमा तनाव झेलेर म ऊसँग बस्न सक्दिनँ ।

'विवाहअघि अरूसँगको सम्बन्धलाई लिएर विवाहपछि खुसी साथ चलिरहेको जीवन भत्काउन खोज्नुले पूजाको सन्की व्यवहार प्रस्ट हुन्छ नि,' शिशिरले भने- 'त्यसरी अरूसँगको अफेयरको प्रसंग झिक्ने हो भने मैले पनि पूजासँग गर्ने थुप्रै प्रश्न हुन सक्छन् ।'

शिशिरले श्रीमान्-श्रीमतीबीचको यो झगडा सानो भएको बताउँदै आफू अझै पनि पूजासँगै बस्ने जिकिर गरे । उनले भने- 'म पूजालाई माया गर्थें, गर्छु र गररिहन्छु । मैले भिडियो सार्वजनिक हुँदा पनि मलाईभन्दा पूजालाई नराम्रो हुन्छ भनेर अपनाएको थिएँ, तर पूजाले मेरो माया बुझ्न सकिनन् ।'

'पूजाले परविारसँग नबस्ने, तिमी र म दुई जना मात्र बसौं भनेर प्रस्ताव राखेकी छिन्,' डिजे शिशिरले भने- 'त्यसैले अहिले नै हाम्रो सम्बन्ध सकियो भनेर भन्ने आधार छैन, अझै पनि मलाई यो समस्या हल हुन्छ भन्ने विश्वास छ ।'

Read Full Discussion Thread for this article