Posted by: BKMailo May 12, 2010
BHOJPUR
Login in to Rate this Post:     0       ?        

भोजपुर सदरमुकाममा बम

भोजपुर, वैशाख ३० - एक बर्षघि नेपाली सैनिकले बिष्फोटक पदार्थ मुक्त बनाएको
भोजपुर सदरमुकाममा बम फेला परेका छन् ।

सदरमुकामस्थित टुँडिखेल वरिपरीको क्षेत्रमा तीन वटा बम फेला परेको भोजपुरस्थित
नेपाली सैनिकको कालीध्वजले जनाएको छ । कालीध्वज गणका अनुसार दुई थान प्रेसर कुकर र
एक थान पाइप बम फेला परेको छ । द्वन्द्वको बेला संयुक्त सुरक्षा फौजले जिल्ला
प्रहरी कार्यालयको सुरक्षार्थ राखिएका ती बमहरु प्रहरीले रेकर्ड नराखेको कारण खोजी
गर्दा नभेटिएका हुन् । घरेलु प्रबिधिबाट निर्मित बिष्फोटक पदार्थ निश्त्रिmय पार्न
उपल्लो निकायसित स्वीकृति मागिसकेको गणका प्रमुख सेनानी नारायण रायमाझीले बताए ।

गत बर्ष सैनिक बिशेषज्ञ टोलीले माइन डिटेक्टर उपकरणद्वारा सर्च गर्दा समेत फेला
नपरेका बिष्फोटक पदार्थहरु सैनिकले निस्क्रिय पार्न सुरक्षित स्थानमा राखेको छ ।
सदरमुकामको बीच बजारमा रहेको टुँडिखेल वरिपरी बिष्फोटक पदार्थ मुक्त भइनसकेकोले
सैनिकले काँडेतार हटाइसकेको छैन । डेढ दशकअघि सैनिकको नाममा दर्ता टुँडिखेललाई
सरकारले सार्बजानिक घोषणा गरेपछि खुल्ला गरिएको छ । तर बिष्फोटक पदार्थको खतरा
रहेकोले सर्बसाधारणलाई जथाभावी प्रबेश गर्न, केटाकेटीलाई खेल्न मनाही गरिएको छ ।
यसअघि सैनिक बिशेषज्ञ टोलीले ५० वटाभन्दा बढी साना ठूला बिष्फोटक पदार्थहरु
निस्क्रिय पारेका थिए ।

माओवादी आक्रमणबाट सुरक्षार्थ जिल्ला प्रहरी परिसरमा पर्ने टुँडिखेल वरिपरी
घरेलु बिष्फोटक पदार्थ राखेको हो । तर तथ्यांक राखेको छैन । टुँडिखेल वरिपरी सडक
बिस्तारको क्रममा डोजरले खन्दा ती बमहरु बाहिर देखिएपछि फेला परेका हुन् । भोजपुर
स्थित कालिध्वज गणले सर्बसाधारणलाई सचेत गराउने उदेश्यले खतराको चिन्ह राखिदिएको छ
।  

Source: http://www.ekantipur.com/np/2067/1/30/full-news/311470/

Read Full Discussion Thread for this article