Posted by: BKMailo May 12, 2010
BHOJPUR
Login in to Rate this Post:     0       ?        

डढेलोले तीनवटा सामुदायिक वन नष्ट / गाउँ खतरामा

भोजपुर , वैशाख २९ -
दक्षिणी भोजपुरको बैकुन्ठे गाबिसको तीन वटा सामूदायिक वनमा लागेको डढेलो
नियन्त्रणमा नआएपछि गाउँ जोखिममा परेको छ । अज्ञात समुहले मंगलबार बिहान
आगो लगाइदिएपछि फैलिएको डढेलोले सामुदायिक वन नष्ट भएको छ ।


 भोजपुर सदरमुकामदेखि ८ कोस दक्षिणमा पर्ने बैकुन्ठे गाबिस- १, २ र ३ नं
वडाका गंगाखोला, मुरालीडाँडा र बाक्पासल्लेनी सामुदायिक वन डढेलोले सखाप
भएको हो । डढेलोले चिलाउनेटार, खानीगाउँ, सिरिसे, बाक्पा र भालढुङ्गा गाउँ
डढेलोको खतरामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । पूरै गाउँ डढेलोको
खतरामा परेपछि नियन्त्रणका लागि स्थानीय बासिन्दाहरु गएरातीदेखि नै सक्रिय
भएका छन् । हावा हुरीले गर्दा डढेलो जताततै बढेको स्थानीय बासिनदाले बताए ।
डढेलो नियन्त्रणमा आइनसकेको बैकुन्ठे -२ का हरी नेपालले जनाए ।    
'मंगलबार अपरान्ह वनमा धुँवा मात्र देखिन्थ्यो, राती त हावा हुरीले जताततै
फैलिएछ,' बैकुन्ठे गाबिस -३ का जयन्द्र राईले भने - 'गाउँलेले नियन्त्रण
गर्न असम्भव छ ।' डढेलो नियन्त्रण गर्ने खडेरीमा हरियो बोटबिरुवा, पानी र
जनशक्तिको अभावले डढेलो नियन्त्रणमा आउन नसकेको हो ।


गाउँको सक्रियताले अहिलेसम्म गाउँलाई क्षती हुनबाट जोगिएको स्थानीय हरी
नेपालले बताए । उनका अनुसार डढेलोले रुख, बोट, बिरुवा, पातपतिङ्गर,
पशुपंक्षि र जनावरहरु नष्ट भएका छन् । डढेलोले दाउरा, घाँस, पातपतिङ्गर
नष्ट भएपछि सर्बसाधारण सुबिधाबाट बञ्चित हुने भएका छन् । जिल्ला वन
कार्यालयले अनभिज्ञता जनाएको छ ।


खोला छेउमा खेतबारी हुने व्यक्तिहरुले पातपतिङ्गर जलेको खरानी आकाशे
पानीले खेतमा झारेपछि मल बनाउनका लागि डढेलो लगाउने गरेको स्थानीय
बासिन्दाहरु बताउँछन् । 'तर कसले आगो लगायो भन्ने चाँही थाहा भएको छैन,'
स्थानीय थमानसिं राईले कान्तिपुर सित भने -'दुनियाँलाई संकटमा पार्ने
व्यक्तिलाई सप्रमाण चिन्न सके कारबाही गर्नुपर्छ ।'


कतिपयले डढेलोले पातपतिङ्गर र पूरानो बोटबिरुवा मरेपछि छिट्टै हरियो घाँस
पलाउने आशा वनमा आगो लगाउने गरेको गाउँलेको भनाई छ । सर्बसाधारणलाई आगलागी र
डढेलोको जोखिमबाट जोगाउन हरेकबर्ष जनचेतना अभियान संचालन गर्नुपर्ने
स्थानीय बासिन्दाको माग छ । यसबर्ष कोट, बोखिम, दलगाउँ, याकु, टक्सार,
बास्तिम, मानेभन्ज्याङ्, च्याङ्ग्रे, जरायोटार, सिद्धेस्वर, गुप्तेस्वर,
रानीबास लगायत एक दर्जन गाबिसको सामुदायिक नष्ट भइसकेका छन् ।  छ । डढेलोले
ठूलठूला साल, सल्ला, सिसौ, खयर, चिलाउने, पात्ले, ढाल्ने, कटुस लगायत
बिभिन्न बोटबिरुवा नष्ट भएको छ । सामुदायिक वनमा पाइने बिभिन्न जडिबुटी
नष्ट भएको छ । सामुदायिक वनमा मयुँर, कालिज, डाँफे लगायत हजारौं
चराचुरुङ्गी र पशुपंक्षिको बासस्थान नष्ट भएको छ ।


सामुदायिक वनमा हरिण, मृग, झारल, घोरल, ब्वाँसो, बाँदर लगायत बिभिन्न
जनावर पाइने गरेको छ । सामुदायिक वनमा आगलागी भएपछि जनावरहरु अन्यत्र
बासस्थान खोज्दै पलायन भएका छन् । वनमा हुने सर्प, गोहोरो, छेपारो,
भ्यागुता लगायत प्राणीहरु सुरक्षित वासस्थान खोज्दै अन्यत्र पलायन भएको
स्थानीय बासिन्दाले बताएका छन् ।

Source: http://www.ekantipur.com/np/2067/1/29/full-news/311461/
Read Full Discussion Thread for this article