Posted by: northface May 12, 2010
फेसबुक प्रयोगकर्ताहरुलाई गृहमन्त्रालयको अनुरोध
Login in to Rate this Post:     0       ?        
डिसीनेपाल डटकम संवाददाता -
गृहमन्त्रालयले नेपाल सरकार र मन्त्रिहरुको प्रतिष्ठामा आँच आउने गरी
फेसबुकका वालहरुमा पोष्ट गरिएका विविध नक्कली पोष्टर र लेखहरु माथी गम्भिर
ध्यानाकर्षण भएको जनाउदै कडा आपत्ति जनाएको छ ।
नेपाल सरकार गृहमन्त्रालायले आज एक
विज्ञप्ति जारी गरी हालका दिनहरुमा फेसबुक प्रयोग गर्ने व्यक्तिहरुले
सरकारको मनोबल गिराउने गरी पोष्ट गरिएका नक्कली पोष्टर तथा लेखहरु हटाउन
फेसबुक प्रयोगकर्तालाई अनुरोध गरेको छ । साथै सुचना प्रकाशित भएको ५
दिनभित्र आ-आफ्नो वाल तथा तस्विर संग्रहमा रहेका त्यस प्रकारका तस्विर तथा
लेखहरु नमेटाए नेपाल सरकारले सम्बन्धीत व्यक्तिको पहिचान गरी कानुन बमोजिम
कडा कार्वाहि गर्ने गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Read Full Discussion Thread for this article