Posted by: lopchanlama May 7, 2010
बधाई छ प्रचन्ड
Login in to Rate this Post:     1       ?         Liked by

बधाई छ प्रचन्ड
बधाई छ माकुने
सारा नेपालीको आशुँको
दोसल्ला तिमीहरुलाई



बधाई छ प्रचन्ड
जंगल पस्दा तिमी
१२ हजार नेपालीलाई
सहिद बनायौ
उडाउनु - उडायौ बिकासका संरक्षणहरु
गाउ - गाउबाट युवा शक्ती
कतार्,दुबई ,मलेसिया भगायौ
बधाई छ प्रचन्ड
१२ हजार नेपाली रगतको
दोसल्ला तिमीलाई



संबिधान बनाउन बनी
शहर पस्यौ
कुर्शीको आडमा
परिवारलाई विश्व-भ्रमन गरायौ
दश-लाख भत्ताले
जनताको डाड सेकायौ
बधाई छ प्रचन्ड
१२हजार जनताको रगतको
दोसल्ला तिमीलाई



बधाई छ माकुने तिमीलाई पनि
बखान त तिम्रो के गरु र खै?
चाप्लुसी , चाकरी अनी दलालिको
हे! पर्मेस्वर
टिका लाएर पाएको
कुर्शिको आडमा
मदारिले चटक देखाए झै
सारा नेपालीलाई रमितो मात्र गरायौ
तै पनि बधाई छ तिमीलाई



चर्तिकलाहरु अब धेरै भो
जनता अब उठे हुन्छ
यो माकुने र प्रचन्डहरुलाई
नांगेझार बनाई
सिस्नु-पानिले चुटे हुन्छ
हाँडिमा राखेर दुबैलाई
मजाले अब भुटे हुन्छ

Read Full Discussion Thread for this article