Posted by: nakkali keti May 7, 2010
बन्दको मुल्य
Login in to Rate this Post:     1       ?         Liked by
सरकार ढाल्न जनशक्ती प्रदर्शन  गर्न सक्नेले दशकौंदेखी पिल्सिएको देशमा स्थाइत्व ल्याउन बैचारिक शक्तीको प्रदर्शन गर्न किन नसकेका होलान? शायद बिचार (vision) र नैतिकता भन्ने कुरो भाडामा नपाईने र फोर्सा आश्वासनले बटुल्न  नसकिने भएर होला। एक दिनको बन्दले राष्ट्रलाई करिब १.९६ अर्ब बराबरको नोक्सान  हुन्छ (Chandan Sapkota: http://myrepublica.com/portal/index.php?action=news_details&news_id=14630)। माथिको अंकमा लेखकले बन्दको क्रममा भएका भौतिक क्षतीको  हिसाब जोडेका छैनन। लौ भौतिक कुराहरु त निस्चित मुल्य तिरेर फेरी पनि बनाउन सकिएला रे, बन्दको क्रममा ज्यान गुमाएका मान्छेको जीवनको मुल्य कती? "शहिद" भन्ने शब्दको तक्मा अनी दश लाख रुपैयाँ? दश लाख रुपैयाँले (यदी पाएको खण्डमा, सबैले पाउँछन नै भन्ने ग्यारेन्टी पनि छैन ) पीडितका परिवारले भोग्नु परेको दिर्घकालिन पिडाको मुल्यलाई न्याय गर्न सक्छ? त्यो भन्दा पनि मेरो मनमा उब्जिएको सबै भन्दा ठलो  त्रास चैं के हो भने यस्ता बिध्वङसात्मक  बन्दले आम मनिस, बिशेषगरी  बालबालिकामा पर्ने नकारात्मक मानसिक प्रभाबको मुल्य कती होला? हाम्रा बा आमा र हामीले  बन्द चक्का जाम भन्ने कुरो के हो भनेर एकै समयमा बुझ्यौ। फरक यती मात्रै हो हामीले सानैमा बुझ्यौ, बा आमाले अलिक ढिलो बुझे। सानैदेखी  देखेको कुरामा (राम्रो वा नराम्रो) हामी अभ्यस्त हुन्छौं, सामान्य लाग्छ। जसरी घुस दिनु लिनु हाम्रो लागि समाजमा स्थापित सामान्य  कुरा हो त्यस्तै अहिलेका  बालबालिकालाई झैझगडा, मारकाट, लुटपाट पनि पछी गएर सामान्य लाग्छ तर त्यस्ता कुराहरु सामान्य लाग्ने पुस्ता हुर्किनु भने दुर्भाग्यपूर्ण कुरा  हो । त्यस्ता बिक्रितीहरुलाई सामान्य मानेर वा अङालेर हिंड्ने मान्छेहरु बिच कस्तो सामाजिक स्वरुपको  बिकास होला? कल्पना गर्दा पनि डर लाग्छ। अनी त्यस्ता पुस्ताले हुर्काएका अर्को पुस्ताको के हाल होला? पहिले हाम्रा पुर्खा  इमान्दार र शाहसी भनेर चिनिन्थे, अहिले हामी अस्थिर राजनीतिबाट पीडित भएर पनि केही गर्न नसक्ने गरीब र भेडा जनता भनेर चिनिन्छौं, भोली हाम्रा सन्तानहरु केही मानबीय मुल्य नभएका राक्षस भनेर चिनिनेछन। कतै समाज परिवर्तनको चर्को भाषण गर्दै हिंड्ने हाम्रा नेताहरुको सत्ता मोहको मुल्य नेपाली जनताले पुस्तौं पुस्ता सम्म तिरी रहनु पर्ने त हैन?

Read Full Discussion Thread for this article