मायालु हजार हुन्चन् तर माया एक हुन्छ
सोचेर माया देउ
दिनुपर्ने एउटै हुन्छ लिनु पर्ने एउटै हुन्छ
बिहिबारे जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, वेलकम ब्याक। हिंडेर गौचर गा त भन्नुभो, भारी बोक्न चाँही कस्तो ब्यवस्था थियो नि? लौ अब नेपाल यात्राको सबिस्तार अनि सचित्र बिवरणको आशमा है।
रामेलाई चाँही के भन्नु , पक्का माओवादी हो जस्तो छ। फिल्डमा जानुपर्छ भन्नु अनि हडतालको प्रारम्भसँगै थुतुने किताबमा मुग्लिङको पुल छेकेर उभिएको फोटो राख्नुलाई अर्थपूर्ण रुपमा लिएको छु है। कमरेड रामे, नढाँटी भनम् त, मुग्लिङमा कति वटा सवारी जलाइयो?
बिर्खे बुढो त कसरी आओस्, गाडी चलेको छैन। हिंडौ भने नली खुट्टोले दिन्न।
रिट्ठे सर, त्यो दूध र तरकारी बोक्ने गाडी पनि कहिलेसम्म चल्न सक्ने हो। डिजेलको स्टक पनि हुन पर्यो नि।
बिष्टे, त्यसो भए कलंकिबाट एअरपोर्ट हिंड्ने भनेको दुई दिनको बाटो भएछ। भन्थे नि कल्ले हो, बांच्नु मात्र पर्दो रहेछ के के देख्न पाइने रहेछ भनेर।
गुरुङ दाइलाई स्वागतम्।
बैरे, बाउचा, र सम्भवत: थुतुने किताबमा ब्यस्त पूरेलाई तारेमाम्।