Posted by: Rahuldai May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे,


लौ सुन एअरपोर्ट सम्म यात्रको कथा । फ्लाइट ८३० बेलुकाको थियो । २ दिन अगावै कसरी हावाइ अड्डा पुग्ने भन्ने बारे ब्रिहत छलफल भाई निम्न बमोजिम योजनाहरु तयार पारीयो ।


 
१ माकुनेले रजिनामा दिन लगाउने हडताल फिर्ता गर्न लगाउने । रजिनामा देउ भनेर ठुलदाईले भनेको भए मान्थे पनि होला तर रजिनामा के को लागि ? जंगलीलाई सत्ता दिन ? मन मानेन र यो प्लान त्यसइ तुहियो ।



२ मोटरबाइक मा जाने - सो प्लान मुताबिक ४-५ बाइक स्टाण्डबाइमा राखियो । ती बाइक स्टाण्ड मै रह्यो । बेलुका ६-८ बजे किनमेल को लागि बजार खुला गरे पनि पाङ्रा खुला नगरेको रे । ४-५ वटा बाइक अग्नी समाधिमा चढाऐेकोले त्यो पिलान ढलान भयो ।



३ टुरिष्ट बस चल्न दिएकोले त्यसमा जाने- चल्न दिए पनि जल्न बेर थिएन । त्यो भन्दा नि नारायण हिटी सम्म समान घिसारेर जानु अर्को समस्या थियो ।



४ एम्बुलेन्समा बिरामीको बहना मा जाने - नैतीकताले त्यो गर्न दिएन तै पनि एउटा एम्बुलेन्सलाई स्टाण्डबाइ राखियो ।



५ हिंडेरै जुम्ला जाने ।


लास्टमा ४ बजे प्लान ३ अनुसार गैयो र ५ बजे पुगियो ।

Read Full Discussion Thread for this article