Posted by: ramronepal May 5, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     1       ?         Liked by
उठ हो गाम्ले उठ ...... घाम झुल्केर पुन्टे बुढाको तालु टल्की सक्यो ......

आज त ठुल्दाइ आउने दिन ..........

ल सबै जना फुल माला लिएर बस्ने ........

पञ्च कुमारी हरु चाँही हाथमा फुल, मुहारमा मुस्कान लिएर गुन्यु चोलो लगाएर सब भन्दा अगाडि बस्ने ........

भद्र भलाद्मी हरु चाँही राष्ट्रिय पोसाकमा हाथ जोडेर नमस्ते गर्दै मुसुक्क हान्स्दै उभिने

सैनिक को एक टुक्री, ठुल्दाइ प्लेन बाट झर्न साथ ड्याँग कि ड्याँग बाजा घन्काउन थालने

नयाँ खर्क देखी ठुल्दाइ को घर सम्मका सबै स्कुल का बच्चा हरुलाई बाटोमा देशको झन्डा हल्लाउन्दै बस्न लगाउने .........


ठुल्दाइ मन नपर्ने हरुले चाँही कालो झन्डा लिएर बस्ने ....... (तिनिहरुलाई ठीक पार्न लाई चाँही रिठ्ठे र लहरे को नेत्रितोमा एक टुक्री सेना तैनाथ गरिने छ )  

यि सबै कार्यक्रमको लाईभ भिडियो रेकर्डिङ् लोकल टि.भी बाट कुनै बेला देखाइने छ ..

त्येस्तो माहादेश बाट फिर्ती सवारि हुँदै छ ....... त्यही आशा गर्ने होला नि ठुल्दाइ ले पनि .......

अरु कार्यक्रम समयको माग अनुसार थपिने छ ...

चौतारी का औतारी हरु ।
Last edited: 05-May-10 06:20 AM
Read Full Discussion Thread for this article