Posted by: jneutron April 30, 2010
सावधान - Children are abusing the internet
Login in to Rate this Post:     0       ?        
बाबुआमा नै सचेत बन्नुपर्छ

नेपालमा मात्र होइन, इन्टरनेटको दुरुपयोग भई समस्याहरु सिर्जना हुने क्रम विश्वभर नै चलेको छ र यसको नियन्त्रणका लागि अर्बौं रुपियाँ खर्च गर्न थालिएको छ । युरोपेली संघले इन्टरनेटको सुरक्षित प्रयोगको योजनाका लागि सन् २००९ मा ५ करोड ५० लाख युरो छुट्याएको छ । युरोपेली संघले इन्टरनेटमा हुने अश्लील कार्यलाई रोक्ने कार्यमा प्रहरीलाई सहयोग पुर्‍याउन विशेष सचेतना प्रणालीको विकास गरेको छ । युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरुमा इन्टरनेटमा यस्ता सामग्री राख्ने कार्यमा अवरोध उत्पन्न गराउन सञ्जाल खडा गरेको छ ।

यस्तै अमेरिकाले पनि इन्टरनेटको दुरुपयोग नियन्त्रणका लागि कतिपय कार्यक्रम अघि सारिसकेको छ । इन्टरनेटको दूरुपयोगबाट खासगरी बालबालिकाहरु जोखिममा पर्दै गएपछि यसको नियन्त्रणका लागि यस्ता सेवाप्रदायकहरुको विश्व संघले मे १७, २००९ देखि वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने उद्देश्यले 'प्रोटेक्टिङ चिल्ड्रेन इन साइबर स्पेस’ भन्ने नारासहित कार्यक्रम अघि सारेको छ । नेपालमा पनि सञ्चार मन्त्रालयको पहलमा कमिटी बनाएर विभिन्न कार्यक्रम गर्ने तयारी हुँदै छ । केही महिनाअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले साइबर क्याबिनहरु भत्काउन निर्देशन दिए पनि यो कार्य सफल हुन भने सकेन ।

नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले पनि साइबर स्पेसको दुरुपयोग हुन नदिन प्रयास सुरु गरेको बताएको छ । सो कम्पनीको सूचना तथा प्रविधि निर्देशनालयका प्रबन्धक लोचनलाल अमात्य भन्नुहुन्छ- इन्टरनेटको अनुत्पादक प्रयोग भएको, मनोरञ्जन तथा अनवान्टेड साइट र केटाकेटीले जान नहुने एडल्ट साइटमा उनीहरु गएको पाइएको छ । त्यसैले इन्टरनेटको सुरक्षित प्रयोगका लागि के गर्न सकिन्छ, कस्तो उपकरण उपयुक्त हुन्छ भनेर कम्पनीले अध्ययन सुरु गरेको छ । तर कानुन र उपकरणले नियन्त्रण गर्ने भनेको ५० प्रतिशत मात्र हो, बाँकीका लागि बाबुआमा नै सचेत हुनुपर्छ ।’

इन्टरनेट सेवाप्रदायक एसोसिएसनका अध्यक्ष पवन शाक्य पनि उपकरण र कानुनभन्दा बाबुआमा बढी सचेत हुनुपर्ने धारणा राख्नुहुन्छ । उपकरण राखेर घरमा नियन्त्रण गर्न सकिन्छ । खास दुरुपयोग हुने भनेको बाबुआमा नभएका साइबर क्याफेहरुमा हो । त्यस्ता ठाउँमा सुरक्षित प्रयोग गर्न उपभोक्ता नै सचेत हुनर्ुपर्छ, जसका लागि बाबुआमाकै भूमिका महत्त्वपर्ण हुन्छ ।

उहाँ भन्नुहुन्छ- स्पष्ट नीति र कानुन बनाई साइबरहरुमा पनि राउटर आदि उपकरण राख्ने बाध्यता पारे धेरै नियन्त्रण हुन सक्छ । साइबर क्याफेहरुले पनि सामाजिक दायित्व सम्झेर केटाकेटीहरु कस्तो साइटमा गइरहेका छन् भनेर निरीक्षण गर्न सक्छन् । साइबरहरुले क्याबिन बनाएर राख्नुको कुनै औचित्य पनि छैन ।’

इन्टरनेट सेवा उपभोक्ताहरुको संख्या दैनिकरुपमा वृद्धि भइरहेको छ र सेवा पनि दिनदिनै विस्तार भइरहेको छ । यसको दुरुपयोगबाट हुने समस्या पनि स्वाभाविक रुपमा वृद्धि हुन्छ । इन्टरनेटको प्रयोगलाई रोक्ने र नियन्त्रण गर्ने भन्ने कुरा आउँदैन, किनभने आजका बालबालिकाका लागि सम्पर्ण सम्भावनाका ढोका यसैले खोल्न सक्छ तर यसको दुरुपयोगले उनीहरुको भविष्य बरबाद हुन सक्ने भएकाले यसको सदुपयोग र सुरक्षित प्रयोगका लागि बाबुआमा, प्रयोगकर्ता र अन्य सम्बन्धित निकायले बेलैमा गम्भीरतापूर्वक सचेतना अपनाउन जरुरी छ ।
Read Full Discussion Thread for this article