Posted by: jneutron April 30, 2010
सावधान - Children are abusing the internet
Login in to Rate this Post:     0       ?        
बालबालिकाले असुरक्षा बढाउँदै छन

१२ वर्षुनिका केटाकेटीहरुले
इन्टरनेट प्रयोग गर्नुको मूल उद्देश्य नै गेम खेल्ने, म्युजिक डाउनलोड,
भिडियो, बाल पेपर, इमेल, च्याटिङ नै हुन्छ । च्याटिङमा उनीहरुले नचिनेको
व्यक्तिलाई नाम, उमेर, ठेगाना, फोन, हबीको बारेमा जानकारी दिने गरेका छन् ।
उनीहरु शैक्षिक प्रयोजनका लागि भन्दा मनोरञ्जनका लागि नै साइबर क्याफेमा
गएर इन्टरनेट प्रयोग गर्छन् । च्याटिङमार्फ यसरी आफ्ना र बाबुआमाका सूचना
अपरिचितलाई दिँदा अपहरण, डकैती, यौन दर्ुर्व्यवहार हुनेजस्ता खतरा निकै
मात्रामा हुन्छ । साथै कतिपय बालबालिकाले च्याटिङमा तल्लो स्तरको हेपाइ र
छाडापनको सामना गर्नुपरेको, हीनताबोध महसुस गर्नुपरेको बताएका छन् ।

अहिले
भारतमा फेस बुकमार्फ जानकारी लिएर अपहरण गर्ने अपराध निकै वृद्धि भएको छ ।
नेपालमै पनि यस किसिमका घटना फाटफुट सुरु भएका छन् । केही हप्ताअघि
युवतीले एसएमएस गरी २० वर्षिय एक युवकलाई स्वयम्भूमा बोलाएर अपहरण गरी ७०
लाख रुपियाँ तिराएर मुक्त गरेको कुरा प्रकाशमा आएको थियो । इन्टरनेटको
प्रयोगसम्बन्धमा उनीहरुलाई राम्रो निर्देशन तथा जानकारी नभएका कारण पनि यस
किसिमको समस्या भोग्नुपरिरहेको छ ।

धेरैजसो साइबर क्याफेमा जाँदा
उन्मुक्त भएर इन्टरनेटको प्रयोग गर्ने, बाबुआमाले कुनै अनुगमन नगर्ने,
निर्देशन पनि नदिने, साइबर सञ्चालकले पनि व्यापारिक हिसाबले सञ्चालन
गरेकाले नियन्त्रणको साटो जस्तो माग्छन् त्यस्तै वातावरण बनाइदिने गरेको
पाइएको छ । पछिल्लो समयमा बनेका अधिकांश साइबर क्याफे क्याबिन र पर्दा भएका
छन् ।

साप-इन्टरनेसनलले केही महिनाअघि विभिन्न २४ जिल्लाका साइबर
क्याफेमा इन्टरनेटको प्रयोगसम्बन्धमा र्सर्वेक्षण गरेको थियो । सो
र्सर्वेक्षणमा ३० वटा टेलिसेन्टर र ४३ वटा साइबर क्याफेलगायत लाइब्रेरीहरु
समावेस गरिएको थियो । र्सर्वेक्षणसम्बन्धमा उक्त संस्थाका प्राविधिक अधिकृत
विभूषण विष्ट भन्नुहुन्छ- ँर्सर्वेक्षणमा टेलिसेन्टरमा प्रोनोग्राफी
हेरेको पाइएन तर प्रोनोग्राफी हर्ेनकै लागि साइबर क्याफे धाउनेहरु थुप्रै
पाइए । अधिकांश साइबरहरु क्याबिनका रुपमा र पर्दा भएका पाइयो, जुन सामान्य
सूचना प्राप्तिका लागि आवश्यक छैन । बाँकेको नेपालगन्जमा त क्याबिनमा लक
गरेर नै बस्ने गरेको पाइयो । यस्तोमा इन्टरनेट प्रयोग गर्नेभन्दा डिभिडीबाट
प्रोनोग्राफी हर्ेर्ने गरेको र साइबर सञ्चालकले नै उपलब्ध गराउने गरेको
पाइयो ।’ उहाँका अनुसार ६/७ कक्षामा पढ्नेहरु घरमा कम्प्युटर भए पनि साइबर
क्याफेमा यस्तै प्रयोजनका लागि जाने गरेका छन् ।

साप इन्टरनेसनलले
गरेको अध्ययनअनुसार इन्टरनेट हर्ेर्नेमध्ये २३ प्रतिशतले इमेल गर्ने, २३
प्रतिशतले च्याट गर्ने, १५ प्रतिशतले इन्टरनेट ब्राउज गर्ने
(प्रोनोग्राफीसमेत), २ प्रतिशत सोसियल नेर्टवर्कमा जाने ९द्ययिन०, २
प्रतिशतले व्यापारिक प्रयोजनका लागि हेर्ने, १७ प्रतिशतले फोन तथा वेभ
क्यामेरा प्रयोग गर्ने र ८ प्रतिशतले अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग
गर्ने गरेको पाइएको छ ।

अन्य वर्गबाट भन्दा पनि जानी-नजानी
विद्यार्थीबाट इन्टरनेटको बढी दुरुपयोग भएको पाइएको छ । विद्यार्थीले छाडा
शब्द, छाडा भाषा इन्टरनेटमा च्याटिङ गर्दा सिकिरहेका छन् । यसले उनीहरुको
दैनिक बोलिचालीमा छाडापन देखाउने, उत्ताउलो बन्ने प्रवृत्ति बढ्दै गएको छ ।
स्कुलका छेउछाउमा अहिले हलिउड, बलिउड फिल्मका आडमा यौन चलचित्रका सिडीहरु
बेच्ने काम भइरहेको छ । इन्टरनेटमा अश्लील दृश्य हर्ेर्ने बानी परेकाहरुले
घरकै कम्प्युटरमा पनि सिडीमार्फ यस्ता यौन चलचित्र हर्ेन थालेका छन् ।
यस्ता प्रोनोग्राफीले किशोर-किशोरीको उत्तेजना बढाउँछ, असुरक्षितरुपमा
प्राक्टिस गर्न पुग्छन् र सामाजिक तथा शैक्षिक जीवन बरबाद हुन पुग्छ ।
Read Full Discussion Thread for this article