Posted by: jneutron April 30, 2010
सावधान - Children are abusing the internet
Login in to Rate this Post:     0       ?        
के तपाईंले आफ्ना छोराछोरीहरु साइबर क्याफेमा पसेर के गर्छन्
भन्नेतर्फकहिल्यै विचार गर्नुभएको छ - आफ्ना छोराछोरी साइबर क्याफेमा
घण्टौं हराएकोमा वा घरका पर्सनल कम्प्युटरमा घोत्लिएर बसेकोमा सहर-बजारका
बाबुआमाहरुले प्रायः गर्वको अनुभूति गर्ने गरेको पाइन्छ । आफ्ना
छोराछोरीहरु कम्प्युटरमा के काम गरिरहेका छन् भन्नेतिर धेरै बाबुआमाहरुले
पटक्कै ध्यान दिएको पाइँदैन ।
धेरै केटाकेटीहरु साइबर क्याफेका अनलाइनमा
अश्लील दृश्य र यौन संवादमा लिप्त हुने, हेपाइ र भेदभावको सामना गर्ने र
परिवारका आन्तरिक जानकारीहरु अरुलाई दिएर असुरक्षाको खतरा बढाउने कार्यमा
पनि संलग्न हुने गरेको पाइएको छ । तर यसतर्फबाबुआमाहरुको ध्यान प्रायः
पुग्ने गरेको पाइँदैन । बालबालिकाको व्यक्तित्व विकास, शैक्षिक विकास,
सुरक्षा र सामाजिक दृष्टिले यो निकै चिन्ताको विषय बनिरहेको छ ।

इन्टरनेटको
चरम दुरुपयोग


स्कुले केटाकेटीहरु तथा किशोर-किशोरीहरु स्कुल
बिदाका दिनहरुमा स्कुल छुट्टीपछि र केहीले स्कुल समयमै पनि साइबर क्याफेमा
गएर वा आफ्नै पर्सनल कम्प्युटरमा अनलाइन च्याटिङ गर्ने -कम्प्युटरमा चिनेको
वा नचिनेको व्यक्तिसँग लेखेर कुरा गर्ने), अनलाइन प्रोनोग्राफी (अश्लील
फोटो, यौनक्रीडाका फिल्म, कार्टुन चित्र) हेर्ने, हिंसात्मक दृश्य भएका
गेमहरु खेल्ने गर्छन् । त्यसमध्ये केही राम्रो शैक्षिक प्रयोजनका लागि
इन्टरनेटको प्रयोग गर्ने, जरुरी इमेलहरु आदानप्रदान गर्ने पनि गर्छन् । तर
माहुरीको गोलो झुम्मिएझैं झुम्मिएर बसेका काठमाडौंका धेरै साइबर
क्याफेहरुमा केटाकेटीहरुको युजर हिस्ट्री हेर्दा उनीहरुले रचनात्मक र
शैक्षिक प्रयोजनका लागि भन्दा च्याटिङ, प्रोनोग्राफी र गेमका लागि बढी समय
खर्च गर्ने गरेको पाइन्छ । कतिपयले त मनपरी भाषा प्रयोग गरेर च्याटिङ गरेका
संवादहरु खुलारुपमा त्यत्तिकै छोडेर हिँड्ने गरेको पनि पाइएको छ ।

काठमाडौं
तथा पोखराका साइबर क्याफेहरुमा पसेर हेर्दा स्कुल पढ्ने उमेरका कुनै न
कुनै केटाकेटीहरु एडल्ट साइटमा जाने गरेको पाइएको छ । इन्टरनेटको यस
किसिमको दुरुपयोगले नेपाली समाजमा पनि विभिन्न किसिमका समस्याहरु सिर्जना
गर्न थालिसकेकाले बाबुआमाहरुले यसतर्फविशेष ध्यान पुर्‍याउनै पर्ने देखिएको
छ ।

इन्टरनेटले बालबालिकालाई अपूर्व ज्ञान र अवसरहरु दिन सक्छ र
धेरै नेपाली बालबालिकाले वरदानका रुपमा रहेको यो प्रविधिको सदुपयोग गरेर
लाभ लिइरहेका छन् भने केही बालबालिकाले यसको दुरुपयोग गरेर प्रविधिलाई नै
अभिशाप बनाउँदै छन् ।
Read Full Discussion Thread for this article