Posted by: timer April 28, 2010
Rajtantra Auchha hai
Login in to Rate this Post:     1       ?         Liked by

Here is our Hero Again.


जनताले चाहेमा राजसंस्था फर्किन्छ' पारस (फोटोफिचर सहित)

बुधवार, 28 अप्रेल 2010 12:35

उपेन्द्र 
लामिछाने, बीरगञ्ज, वैशाख १५ - पूर्व युवराज पारश शाहाले जनताले चाहेमा
राजसंस्था फर्किन सक्ने बताएका छन्। 'व्यक्तिगतरुपमा मलाई राजा बन्ने
चाहना छैन,' पारसले पत्रकारहरुसँग भने, 'तर जनताले चाहेमा राजसंस्था
फर्किन सक्छ।'



आइतबारमात्र
सिंगापुरबाट नेपाल आएका पारस राजाको सक्रिय शासनकालमा समेत चरम आलोचनाका
पात्र थिए। राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि
पूर्व राजपरिबारबाट यस्ता अभिव्यक्तिहरु बारबम्बार आइरहेका छन्।
करिब एक महिना अघिमात्रै पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र सकिएको भन्नु काल्पनिक भएको अभिव्यक्ति दिएका थिए।

बीरगञ्ज
सामुदायिक आँखा अस्पताल उद्‍घाटनपछि पत्रकारसँगको कुराकानीमा पारसले आफूले
राजनीतिक कुराकानी गर्न नचाहेको तर मुलुकको अवस्था हिंसात्मक बन्दै गएको
टिप्पणी गरेका थिए।
Last edited: 28-Apr-10 05:07 PM
Read Full Discussion Thread for this article