Posted by: BKMailo April 27, 2010
BHOJPUR
Login in to Rate this Post:     0       ?        

चटयाङले एकको मृत्यु/पाँच घाइते






[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);


भोजपुर , वैशाख १४ -
सोमबार राति परेको चटयाङले भोजपुरको बोया गाबिस-५ घलेगाउँमा एक जनाको
मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।


सदरमुकामदेखि ८ कोस उतर बोया गाबिसको घलेगाउँबासीले उज्यालोको निम्ति जडान
गरेको पेल्टि्रक सेटमा चट्याङ लागेपछि घटना भएको हो । बोया गाबिस-५ का २०
बर्षीय यादव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चटयाङ लागेर सख्त घाइते श्रेष्ठको उपचारको क्रममा मंगलबार बिहान मृत्यु
भएको जनाएको छ ।


पेल्टि्रक सेटमा लागेको चटयाङले सोही गाउँका ९ बर्षीय मुकेश श्रेष्ठ, ३०
बर्षिय बुद्ध तामाङ, मनमाया तामाङ र नाम नखुलेको कुलबहादुर श्रेष्ठको
श्रीमति घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ
। चटयाङले उठेको आगोले स्थानीय बुद्धि दाहालको एउटा माउ भैंसी पनि मरेको छ

Source: http://www.ekantipur.com/np/2067/1/14/full-news/310679/

Read Full Discussion Thread for this article