Posted by: atomic April 27, 2010
maoist ले गर्न खोज्या के ? अत्ति हुँदैछ होशियार ।
Login in to Rate this Post:     0       ?        

चन्दाको बिरोधमा भरतपुर र नारायणगढ बजार बन्द

नारायणगढ, वैशाख १४ -
प्रतिबद्धता विपरीत माओवादीले जवरजस्ती चन्दा असुली जारी राखेपछि चितवनको
भरतपुर र नारायणगढका व्यवसायीले मंगलबार स्वस्र्फुत बजार बन्द गरेका छन् ।


माओवादीले सोमबार सांझ उद्योग बाणिज्य संघ चितवनसित गरेको वार्तामा
जवरजस्ती चन्दा र धम्कि बन्द गर्ने प्रतिबद्धता जनाएको थियो । त्यस विपरीत
मंगलबार बिहानै व्यपारीलाई भेटेर चन्दा माग्नुका साथै कार्यकर्ताले
धम्काएका थिए । त्यसपछि व्यवसायीले एकजुट बनेर बजार बन्द गराएका हुन ।
आतंकित व्यापारी, व्यवसायी र उद्योगी अहिले उद्योग बाणिज्य संघमा भीड
लागेका छन । बिहानैबाट नारायणगढ र भरतपुरको अधिकांश पसल, कलकारखाना, बजार
बन्द रहेका छन् भने यातायात सुचारु रहेको छ

Read Full Discussion Thread for this article