Posted by: chanaa_tarkaari April 26, 2010
maoist ले गर्न खोज्या के ? अत्ति हुँदैछ होशियार ।
Login in to Rate this Post:     2       ?         Liked by
आज भर्खर नेपालबाट आएको खबरले दिमाग चाटीरा'छ । माओबादीले उसको आगामि आन्दोलनको लागि भनेर देशैभरीबाट वाइसियलका ठेटना र लठैतहरु काठमाण्डौ हुल्दै र'छ। अब हरेक घरले २ - २ जना लठैतहरुलाइ खान बस्न दिनु पर्ने अरे । जसले दिदैन त्यसले कुनैदिन कार्वाहि भोग्छ अरे । ए रातै, हैन कस्तो जोरजबरजस्ति ??

फेरी, यसरी कति दिन पाल्नु पर्ने हो त्यो पनि ठेगान छैन । अनिश्चितकालीन आन्दोलन भन्या छ । यस्तो महँगीमा अझ अनिश्चितकालीन आर्थिक भार, हरे शिव शिव ।

फेरी, तिनले वाइसियल भन्दै ल्या'का मान्छेहरु साँच्चै तिनको पार्टी नियन्त्रणभित्रै रहेन खाँटी वाइसियल नै हुन भन्ने के ग्यारेण्टी छ ? त्यो लाखौको भीडमा कति लुच्चा लफंगा र बदमासहरु होलान । घर घर पसेर त्यहाँको नालिबेलि बुझेर निस्केपछि तेहि डाँकाहरुले फेरी चोरी डकैति गर्न थाले के होला ? त्यसको जिम्मेवारी कसले लिन्छ ?

पार्टीहरुले आन्दोलन भन्दै गाँउगाँउबाट जबर्जस्ति बस चढाएर काठमाडौ ल्याउने, अनि त्यत्तिकै छोडेर हिड्ने गरेर काठमाडौमा सुकुम्बासी जनसंख्या कति बढ्यो? लेखाजोखा छ ? खाते भनिने सडकबालबालिका कति बढ्यो? लेखाजोखा छ? डान्स रेस्टुरेन्टमा नांङ्गै नाच्ने र बेश्यावृत्तिमा लाग्नेहरु कत्ति बढ्यो? लेखाजोखा छ ? त्यसमाथि यो थप भार? हरे हरे । ६०० वर्ग किमी भन्दा सानो खाल्डोमा अहिले नै ६० लाख जनसंख्या भइसक्यो, अझै थप्दै छन भातेहरु ।

कसैको राजनीति सित पटक्कै सरोकार नराख्ने मान्छेहरुलाइ समेत धमाधम दु:ख दिदै बेहोर्नै नसकिने पिडा थोपर्ने यो कस्तो देश हो यो ? न पार्टी, न सरकार, न नागरीक अगुवा, कसैले पनि यस्तो बिषयमा बोल्दैनन ।  हैन कता जाँदैछ हाम्रो समाज ?



छुद्र राजनीतिमा देशलाइ भष्म बनाउनेतिर मात्रै देशका नेता र पार्टीहरु
लागेको देख्दा वाक्क दिक्क भइसके ।
Read Full Discussion Thread for this article