Posted by: crazy_love April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

रिट्ठे,


म त नयाँ बर्ष आँउछ, आँउछ भन्दै कुर्दै बस्या त नयाँ बर्ष त कति खेर आएर नि गैसकेछ। हिजो मात्र था पाको। त्यही भएर बैसाख भरि नयाँ बर्ष मनाउने म त।


हे बिस्टे,


तिमी किन यतिका दिन गायब हँ? कस्तो डाँडा डाँडामा जानु पर्ने काम होला? अनि परिबारलाइ सन्चै?


तिमिलाइन् नि "Happy New Year!"


हे राम्चा,


तिम्रो घर काँ हो? बिस्केट जात्रा अझै सक्या छैन कि क्या हो? त्याँ पो रमाइलो छ जस्तो छ सधै नयाँ बर्ष।


त्यो कालो कुर्ता लाउने म हैन रामे, अरु कोहि होला। रिट्ठेलाइ सोध न!


अनि चिप्ले नि कताबाट चिप्लिएर चौतारीमा आएछ त आज! सानेपा हो कि कुपोन्डोलबाट? के छ हाल्खबर?


मेरो स्कुल नि त्यही हो!

Read Full Discussion Thread for this article