Posted by: chipledhunga April 21, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

प्रश्नवली फेरी टाँसेको छु है रिट्ठे सर, यसपाली त जवाफ पाइएला भन्ने आशा छ। अस्ती पो ६६ सालको अन्तिम दिन भनेर केही नगरेको त। आज पनि जवाफ नआए ५० सालमा बानेश्वरमा जे भएको थियो, त्यही होला नि   



१) नेपाल यात्रा कस्तो रह्यो?
२) नेपाल गएर के पाइयो अनि के गुमाइयो?     
३) प्रचन्डेको पालाको नेपाल र माकुनेको पालाको नेपालमा के अन्तर पाइयो?
४) काठमाडौंमा सडकको पेटीबाटै चलाइएका मोटरसाईकलको ठक्करबाट बच्न कत्तिको गार्हो भयो? आफूले चाँही चलाइयो कि चलाइएन?
५) आकाशे पुल भएको ठाउँमा पनि सडकबाटै अनि डिभाइडरका डोरी नाघेर बाटो कत्तिको काटियो?
६) रुघाखोकी र उदार बिकारले कति दिन ग्राउन्डेड भैयो?
७) कोशेली के के छ त हामीलाई?
८)बुद्ध एअरका एअर होस्टेस च्वाँक कि यतिका?
अथवा
रामनगरको खाना नमीठो कि लाहानको?
९) हर्केले चलाएको रिक्सा चढ्ने मौका मिल्यो कि मिलेन?
१०) नेपाल बसाइको क्रममा चौतरीमा एक शब्द पनि नकोर्नु कारण के हो? कम्तीमा ५० तर १०० शब्दमा नबढाइ स्पष्टिकरण दिनुहोला।
११) गिरिजाको निधन पश्चात् बिराटनगरमा तीनपाने र पाउरोटीको मागमा कस्तो परिवर्तन आयो?
१२) महेन्द्र बाउचा र होनचाकहाँ गैयो कि गैएन? गएको भए आफ्नो अनुभव र नगएको भए १५० देखी २०० शब्द बीचको स्पष्टिकरण दिनुहोला।    
१३) फोटोहरु खोइ त?
अन्तमा
१४) चिया नास्ता भो त बिहानको?

Read Full Discussion Thread for this article