Posted by: ritthe April 21, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !


नयाँ नेपालबाट पुरानै चौतारीमा स्वागत छ !


धन्न टिभी सम्म हेर्न पाउनु भएछ ठुल्दाइले ! मैले त टिभी मा एक्छिन आँखा तेर्स्याउन पनि पा होइन ! घर फर्कदा कैले १२ बज्ने कैले १ बज्ने ! तेत्तिकैमा बित्यो !


अनी काठमाडौं को यातायात को त के कुरा गर्नु कती खेर ल्याएर बज्जेहरुले ठोक्छन जस्तो लाग्छ !


भनेपछी अरु सबै राम्रै होला क्यारे ! भाउजु लाई नि नमस्ते भन्दिनुस् न त है !


खुशीले मदनवा कता गयो भनेर हामीलाई पो सोधेको? लौ न अब चाँही बन्छ कि क्या हो संबिधान !

Read Full Discussion Thread for this article