Posted by: Rahuldai April 21, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुधवारे + बिहिबारे सयुक्त जदौ ।


आइ पि एल को इनिङ ब्रेकको फाईदा उठाउदै काइदाको इन्टर्नेट चलाऊदै छु । नयाँ नेपालमा मोज र भोज त होइन घामको डोज मजाले पाइरहेको छु। चर्को घाममा एक पछी अर्को काम ।


जागिर छोड्नु जागिर खानु जत्तिकै गाह्रो हुने रहेछ । अहिले त्यही छोडेको जागिरको हिसाब फरफारक गर्न दिन दिनै अड्डा धाइरहेको छु ।


जताततै मान्छे अनी भान्छे बाहेक केही देखिन्न। यमराज यातायातहरु सडकमा न अटाएर पेटीमा पनि बिराजमान छन। तस्बीरहरु क्यामरा भित्रै कैद छन । माथिभार बिसाउन ( अप लोड ) गर्न इन्टर्णेटको यो संबिधानमय गतीले संभव भएन।


चौतारीका सम्पूर्ण औतारिहरुमा नयाँ नेपालबाट पुन अभिवादन ।

Read Full Discussion Thread for this article