Posted by: तिका: April 13, 2010
A nepali receives NASA award
Login in to Rate this Post:     0       ?        
Syanjali wrote: टिकाको कुरो जात र भातको कुरा नजोडेको भए, झक्किको झद्का ( satire ) दिएका हुन।

स्यान्जाली ब्रो:
हैन जात र भातको कुरा काँ नेर जोडियो ? नेपालमा बनारस पढेको धक्कु लाउने डायलग भन्या कामीले बोल्दैन, दमाइले बोल्दैन । रामहरी भन्ने मान्छे राइ, गुरुङ, क्षेत्री, नेवार, थारु, लिम्बु हैन १००% बाहुन नै हो । अनि यत्राबिधि सज्जन इमान्दार बाहुनहरुमाझ त्यो जाँठाले बेइज्जति पारा देखार बाहुनकै कलंक बन्या - त्यो पनि १००% सहि हो । कि हैन ? अस्ति भर्खर बर्दियामा बलत्कार (हो कि हैन थाहा छैन पत्रिकामा त्यस्तै लेख्या थे है) गरेर मार्ने २ - ४ कपुत सेनाले गर्दा सारा सेनालाइ "बलात्कारी" भने झै रामहरी जस्ता कपुतले गर्दा सारा बाहुनहरुको बेइज्जति भइराख्या छ । हो कि हैन ? कि सबै बाहुन खराब छन त ? मलाइ लाग्छ ९८% बाहुनहरु एकदम जाति छन, २% चै खराब ।

अब हेरुं न । १-जेनेरेशन अघिसम्म "बाहुन" भनेसि सातखत माफ पाउने, दहिकेराको स्वागतमान पाउने, बोली नै चोखो भनेर इज्जत पाउने, त्यस्ता भाग्यमानी कोहि थिए भने तागाधारी बाहुन नै थिए । तर अहिले आएर कसैले फटाहा कुरा गर्यो वा नसुहाउने चर्चा परिचर्चा गर्यो कि मान्छेहरु भन्न थाल्छन - "कस्तो बाहुनले जस्तो कुरा गर्ने मान्छे रहेछ ।" समाजले हेर्ने दृष्टिकोणमा आकाशपाताल फरक पर्यो कि नाइ? सम्मान खाएर बसेका बाहुनहरु सबैले छि: छि: दूर दूर गर्ने स्थिति किन बन्यो ? आज आएर हामी बाहुनहरुलाइ हेप्यो त्यसैले संगठीत बन्नु पर्यो भन्ने हालतमा पुगेको छ कि नाइ ? नेपालमा त झण कसैलाइ घृणा गर्नु पर्यो भने नं १ मा राजनेताहरु पर्छन, जो सपै बाहुन नै बाहुन । त्यसैले बाहुनहरु हो जाग जाग, यस्ता फट्याइ धुर्त्याइ र हावादारी आत्मरतिको पछाडि नलाग । नत्र अझै १० गुणा बढी अपहेलित हुनुपर्ने दिन देख्नु पर्ला, सन्तान दरसन्तानले हामी बाहुनका सन्तति भन्न लाज मान्ने स्थिति आउला । तिका:ले टाइम मै सचेत गराएथेन नभन्नु नि फिरि,

अब मैले यस्तो कुरो गर्यो भने त्यो नि जात भातको कुरो हुन्छ त ? जात भातको कुरो नै भयो रे - त्यो खराब नै भयो त ? एउटो कुरो नि ।

-----------
Timer ब्रो:
ब्रो को कुरो सुन्दा नासाको एउटा हाँगा (त्यस्ता हाँगा करोडौ नभए नि सयौवटा त पक्कै छन)मा काम गर्नी रैछ भन्ने बुझ्या हुम । त्यहाँ १२-१५ बर्षदेखि लगातार काम गर्ने हाम्रै नेपालीहरुले कहि कतै त्यस्तरी (रामहरी जस्तरी) खोक्दै हिन्या देख्या छैन । ब्रो लाइ नि खोक्ने सुर चढे छ । खोकुम खोकुम । के के अवार्ड मुसा भ'र पाइयो, के के बिराला र कुकुर भ'र पाइयो, टाँसुम टाँसुम ।


  
Read Full Discussion Thread for this article