Posted by: chipledhunga April 13, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

आयो मोटर छ पांग्रा टेकेर
झ्याप्पै रोक्यो मायालाई देखेर
बटौलीको बस
हरन बजाउँदै घुम्ती मोडेर
नजाउ मायालु मलाई छोडेर


२०६६ को अन्तिम दिनको पहिलो जदौ यो चिप्लेढुङ्गाको।


ठुल्दाइ, नयाँ बर्षको टुकीमय पूर्व सन्ध्या झक्कासको होस्। लोड सेडिङको बेला स्याम्पेन् खोल्दा अर्कै खालको रमाइलो हुन्छ भन्ने सुनेको थिएँ। यता आइकेले हान्या बेला खोलिएन मूड अफ भएर तपाईं चाँही मौका नगुमाउनुहोस् है।


रिट्ठे सर, वेलकम ब्याक। सँधै झैं नेपालबाट फर्किनेलाई मेरो प्रश्नावली:
१) नेपाल यात्रा कस्तो रह्यो?
२) नेपाल गएर के पाइयो अनि के गुमाइयो?     
३) प्रचन्डेको पालाको नेपाल र माकुनेको पालाको नेपालमा के अन्तर पाइयो?
४) काठमाडौंमा सडकको पेटीबाटै चलाइएका मोटरसाईकलको ठक्करबाट बच्न कत्तिको गार्हो भयो? आफूले चाँही चलाइयो कि चलाइएन?
५) आकाशे पुल भएको ठाउँमा पनि सडकबाटै अनि डिभाइडरका डोरी नाघेर बाटो कत्तिको काटियो?
६) रुघाखोकी र उदार बिकारले कति दिन ग्राउन्डेड भैयो?
७) कोशेली के के छ त हामीलाई?
८)बुद्ध एअरका एअर होस्टेस च्वाँक कि यतिका?
अथवा
रामनगरको खाना नमीठो कि लाहानको?
९) हर्केले चलाएको रिक्सा चढ्ने मौका मिल्यो कि मिलेन?
१०) नेपाल बसाइको क्रममा चौतरीमा एक शब्द पनि नकोर्नु कारण के हो? कम्तीमा ५० तर १०० शब्दमा नबढाइ स्पष्टिकरण दिनुहोला।
११) गिरिजाको निधन पश्चात् बिराटनगरमा तीनपाने र पाउरोटीको मागमा कस्तो परिवर्तन आयो?
१२) महेन्द्र बाउचा र होनचाकहाँ गैयो कि गैएन? गएको भए आफ्नो अनुभव र नगएको भए १५० देखी २०० शब्द बीचको स्पष्टिकरण दिनुहोला।    
१३) फोटोहरु खोइ त?
अन्तमा
१४) चिया नास्ता भो त बिहानको?


बाउचा, महेन्द्र बाउचाकहाँ तार बिहिन ईन्टरनेटको सुबिधा नभएको तथा धूम्रपान निषेध भएको हुँदा ठुल्दाइ मम खान अन्यत्र जान वाध्य हुनु भएको रे।


लौ सबैलाई नयाँ बर्षको शुभकामना छ है।    


                     

Read Full Discussion Thread for this article