Posted by: arahat April 9, 2010
Bharat Bhurtel - Suicide or murder?
Login in to Rate this Post:     0       ?        

सिंगापुर यात्रा

smaller text tool iconmedium text tool iconlarger text tool icon
'म कहाँ छु?' प्रथम पुरुषले द्वितीय पुरुषलाई देखेर सोध्नु भो - 'यो कुन ठाउँ हो?' 'सिंगापुर।' द्वितीय पुरुषले जवाफ दिनु भो - 'तपाईँ सिंगापुरको अस्पतालमा हुनुहुन्छ।' 'तपाईँ चाहिँ कहाँ हुनुहुन्छ?' प्रथम पुरुषले सोध्नु भो- 'काठमाडौँ कि सिंगापुर?' 
'म पनि सिंगापुरमै छु' द्वितीय पुरुष हाँस्नु भो- ' प्रत्यक्ष देख्नु भएन! ' 
'म पनि सिंगापुरमा।' प्रथम पुरुषले भन्नु भो - 'तपाईँ पनि सिंगापुरमा' त्यसपछि सोध्नु भो- 'नेपालमा को छन् त?' 
'नेपाली जनता' द्वितीय पुरुषले जवाफ दिनु भो- 'ती चाँहि त्यतै छन्।' 
'तपाईँ किन यहाँ त?' प्रथम पुरुषले सोध्नु भो- 'म पो उपचार गर्न आएँ।' 
'म पनि उपचारकै लागि हो।' द्वितीय पुरुषले भन्नु भो- 'मलाई पनि तपाईँलाई जस्तै बिरामी छ। ' 
'के हुन्छ?' प्रथम पुरुषले सोध्नु भो- 'श्वास-प्रश्वासको समस्या हो?' 
'होइन।' द्वितीय पुरुषले भन्नु भो- 'मेरो समस्या बेग्लै छ। ' 
'त्यसो भए कसरी मेरो जस्तो बिरामी भयो त?' प्रथम पुरुषले प्रश्न गर्नु भो - 'के हुन्छ भन्नोस् त?' 
'तपाईँलाई पहिले भए जस्तै त हो नि।' द्वितीय पुरुषले स्मरण गराउनु भो- 'तपाईँलाई के हुन्थ्यो संझनोस् त!'
मैले विर्सिएँ।' प्रथम पुरुषले भन्नु भो- 'मेरो पछाडि फर्किने बानी छैन।' 
'संझने कोसिस गर्नोस् न।' द्वितीय पुरुषले अनुनय गर्नु भो- 'अहिलेको होइन पहिलेको बिरामी संझनोस्।'
'कति सालतिरको?' प्रथम पुरुषले भन्नु भो- 'मिति भन्नोस् म संझने प्रयास गर्छु।' 
'मध्यावधि चुनावपछि।' द्वितीय पुरुषले खुलाउनु भो- 'हामी जतिबेला जनयुद्धको तयारीमा थियौं।' 
'त्यसबेला म बिरामी थिइन।' प्रथम पुरुषले संझनु भो- 'शारीरिकरूपले त स्वस्थै थिएँ।
'मैले शारीरिक स्वास्थ्यको कुरो गरेको होइन।' द्वितीय पुरुषले अलि हच्केर भन्नु भो- 'तनको होइन मनको बिरामीबारे सोधेको।' थप्नु भो- 'संझनोस् त त्यस बेला तपाईँलाई कस्तो रोग थियो?'
'मनमोहनजी प्रधानमन्त्री थिए।' प्रथम पुरुषले संझने कोसिस गर्नु भो- 'म महाराजगंजमा बस्थें।'
'हो त्यसबेलाकै कुरा।' द्वितीय पुरुषले भन्नु भो- 'हामी चाँहि जंगल पस्ने तयारीमा थियौं।'
'मलाई त्यसबेला जो देखे पनि ढाल्ििदउँ जस्तो लाग्थ्यो।' प्रथम पुरुषले संझनु भो- 'विशेषगरी सरकार ढाल्न मन लाग्थ्यो।' थप्नु भो- 'सरकार नढालुन्जेल निन्द्रै नपर्ने, खानै नरुच्ने हुन्थ्यो।'
'ढाली सकेपछि चाँहि सञ्चो हुनुहुन्थ्यो होला' द्वितीय पुरुषले सोध्नु भो- 'हो कि होइन?'
'हो।' प्रथम पुरुषले भन्नु भो - 'मनमोहनजीको सरकार मैले 'फू' गरेर ढालें। त्यसपछि सञ्चले निन्द्रा लाग्यो।'
'ठीक्!' द्वितीय पुरुषले भन्नु भो- 'मलाई अचेल त्यस्तै हुन्छ। जो देखे पनि ढाल्न मन लाग्छ।' अनुरोध गर्नु भो- 'मलाई पनि सरकार ढालेर संचो हुने मन छ।' 
'यसका लागि बेग्लै दबाई गर्नुपर्छ।' प्रथम पुरुषले भन्नु भो- 'यस अस्पतालमा त्यस्तो रोगको उपचार हुँदैन।' 
'त्यसका लागि चाँहि के गर्नुपर्छ?' द्वितीय पुरुषले भन्नु भो- 'हामी जे सुकै गर्न तयार छौँ।'
'प्रभुको शरणमा जानुपर्छ।' प्रथम पुरुषले भन्नु भो- 'दान दक्षिणा गर्नुपर्छ।'
'प्रभु कहाँ भेटिनु हुन्छ?' द्वितीय पुरुषले सोध्नु भो- 'तपाईँले के गर्नु भएको थियो?'
'छिमेकमा।' प्रथम पुरुषले भन्नु भो- 'त्यहाँका प्रभुलाई दान दक्षिणा गरेपछि तागत प्राप्त हुन्छ।' 
'मैले प्रभुलाई वचन दान गरें।' प्रथम पुरुषले भन्नु भो- 'प्रभुले मलाई सरकार ढाल्ने आशीर्वाद दिनुभयो।' सुझाव दिनुभयो - ' तपाईँ पनि प्रभुलाई भेट्न छिमेकतिर लाग्नोस्।'
'यो तत्काल संभव छैन गिरिजा बाबु।' द्वितीय पुरुषले भन्नु भो- ' छिमेकी प्रभु मसँग रिसाउनु भएको छ।'
'जसरी पनि खुसी पार्नोस्।' प्रथम पुरुषले भन्नु भो- ' तपाईँको बिरामीको दबाई त्यही हो।' 
'त्यो मैले पनि महसुस गरेको छु।' द्वितीय पुरुषले भन्नु भो- 'तर प्रभुहरू भेट्नै मान्दैनन्।' सोध्नु भो- 'यसको उपाय के छ?'
'एउटा उपाय छ।' प्रथम पुरुषले एकक्षण सोचेर भन्नु भो - ' एकजना मुनिजी यहाँ आएका छन्, उनलाई भेट्नोस्।'
'को हुन ती मुनि?' द्वितीय पुरुषले सोध्नु भो- 'उनले उपचार गर्न सक्लान्?' 
'ती प्रभुका दूत हुन्, हाम्रा डाक्टर पनि हुन्।' प्रथम पुरुषले भन्नु भो- 'तिन्को नाम डाक्टर एस. डी. मुनि हो।'
'मैले चिनेका मान्छे रहेछन्।' द्वितीय पुरुषले भन्नु भो- ' म तिन्लाई अवश्य भेट्छु।' त्यसपछि उहाँले मुनिजीलाई भेटनु भो। डा. शेखर कोइरालाको पहलमा द्वितीय पुरुषका बिरामीका बारेमा छलफल भयो।
'हाललाई यो पाचक सेवन गर्नोस्।' मुनिजीले द्वितीय पुरुषलाई एउटा पुडिया दिदै भन्नु भो- 'यसले शक्ति दिन्छ।'
'प्रभुमाथि भरोसा राख्नोस्।' मुनिजीले सल्लाह दिनुभो- 'नियमित सेवनले पाचन शक्ति बढाउँछ।'
'प्रभु अर्कापटि्ट लागेको सुन्छु।' द्वितीय पुरुषले अनुरोध गर्नु भो- 'मपटि्ट लगाई दिनुपर्‍यो।'
'म कोसिस गर्छु।' मुनीजीले भन्नु भो- 'तपाईँको भक्तिमा सबै निर्भर छ, जस्ले बढी भक्ति गर्छ प्रभुले उसैको कल्याण गर्नु हुन्छ।'
'प्रभुको जय होस्।' द्वितीय पुरुषले सोध्नु भो- 'अब म जाउँ?' मुनिजीले हुन्छ भन्ने संकेत गर्नु भएपछि द्वितीय पुरुष हान्निएर नेपाल फर्किनु भो।
Read Full Discussion Thread for this article