'सबै म कहाँ आउनोस्।' शेरबहादुरजीले भन्नुभो-'जरुरी काम छ।'
'किन आउने?' सुशीलजीले भन्नुभो-'तपार्इँनै म कहाँ आउनोस्।'
'मिल्दैन।' शेरबहादुरजीले भन्नुभो- 'म कहाँनै आउनोस्।'
'किन नमिल्ने?' सुशीलजीले बताउनुभो-'अब मिलेर जानुपर्छ।'
'मैले तपाईको डेरा देखेको छैन।' शेरबहादुरजीले भन्नुभो-'त्यही भएर मिल्दैन।'
'मैले पनि देखेको छैन।' सुशीलजीले सोध्नुभो-'तपाईको डेरा कहाँ छ?'
'बुढानीलकण्ठमा मेरो घरै छ।' शेरबहादुरजीले भन्नुभो-'जसले पनि देखाइदिन्छ।'
'टाढा रहेछ।' सुशीलजीले भन्नुभो-'यतै आउनोस्।'
'मिल्दैन।' शेरबहादुरजीले भन्नुभो-'नमिल्ने कुरामा जिद्दी नगर्नोस्।'
'किन नमिल्ने?' सुशीलजीले भन्नुभो-'रामचन्द्रजीले मिल्छ भन्नु भएको छ।'
'रामचन्द्रको कुरा छाडनोस्।' शेरबहादुरजीले भन्नुभो-'मेरो कुरा सुन्नोस्।'
'तपाईको कुरा किन सुन्ने?'सुशीलजीले भन्नुभो-'कारण बताउनोस्।'
'किन भने म वरिष्ठ हुँ।' शेरबहादुरजीले भन्नुभो-'वरिष्ठले भनेको सुन्नुपर्छ।'
'कसरी बरिष्ठ?' सुशीलजीले सोध्नुुभो-'तपाईलाई कस्ले वरिष्ठ बनायो?'
'गिरिजाबाबुले।' शेरबहादुरजी भावुक हुनुभो-'हामीले उहाँको सपना साकार पार्नुपर्छ।'
'उहाँको सपना के थियो?'सुशीलजीले भन्नुभो-'मलाई प्रष्ट पार्नोस्।'
'मलाई वरिष्ठ बनाउने।' शेरबहादुरजीले भन्नुभो-'भेरी सिम्पल।'
'उहाँको सपना त्यस्तो थिएन।' सुशीलजीले भन्नुभो-'मलाई सब थाहा छ।'
'के थाहा छ?' शेरबहादुरजीले भन्नुभो-'थाहा भए भन्नोस्।'
'उहाँको सपना थियो।'सुशीलजीले भन्नुभो-'मलाई वरिष्ठ बनाउने।'
'कसरी?' शेरबहादुरजीले सोध्नुभो-'के प्रमाण छ?'
'प्रमाण म स्वयं छु।' सुशीलजीले सोध्नुभो-'पार्टी सभापति को हो?'
'स्वर्गीय गिरिजाप्रसाद।' शेरबहादुरजीले जवाफ दिनुभो-'मलाई कण्ठै छ।'
'होइन।'सुशीलजीले भन्नुभो-'पार्टी सभापति म हुँ।'
'तपाईनै हो रे।' शेरबहादुरजीले सोध्नुभो-'यसले के फरक पर्छ?'
'सभापति वरिष्ठ हुन्छ।' सुशीलजीले भन्नुभो-'संस्थागत कुरा यो हो।'
'हुँदैन।' शेरबहादुरजीले भन्नुभो-'हाम्रो पार्टीको परम्परा बेग्लै छ।'
'के छ पार्टी परम्परा?' सुशीलजीले भन्नुभो-'चालीस वर्षदेखि म पनि यहीँ छु।'
' किसुनजी सभापति हुनुहुन्थ्यो।' शेरबहादुरजीले सोध्नुभो-'बीपी के हुनुहुन्थ्यो?'
'के हुनुहुन्थ्यो?'सुशीलजीले भन्नुभो-'तपार्इँनै भन्नोस्।'
'किसुनजी सभापति हुनुहुन्थ्यो।' शेरबहादुरजीले सोध्नुभो-'गणेशमानजी के हुनुहुन्थ्यो?'
'भन्दै जानोस्।' सुशीलजीले जिज्ञासा राख्नुभो-'तपाईँ के भन्न चाहनुहुन्छ?'
'बीपी हुनुहुन्थ्यो वरिष्ठ नेता।' शेरबहादुरजीले भन्नुभो-'जुन बेला किसुनजी अध्यक्ष हुनुहुन्थ्यो।'
सुशीलजी बोल्नु भएन।
'गणेशमानजी हुनुहुन्थ्यो सर्वमान्य।' शेरबहादुरजीले भन्नुभो-'जुन बेला किसुनजी सभापति हुनुहुन्थ्यो।' सोध्नुभो-'कुरा बुझ्नुभो?'
'यसरी इन्स्टिच्युसन बन्दैन।'सुशीलजीले भन्नुभो-'अब संस्थागत निर्णय गर्नुपर्छ।'
'निर्णय गर्नोस्।' शेरबहादुरजीले भन्नुभो-' संस्थागत निर्णय गरेर मलाई वरिष्ठ नेता भन्नोस्।'
'किन भन्ने?' सुशीलजीले सोध्नुुभो-'तपाई कसरी वरिष्ठ हुनुभो?'
'गिरिजाबाबु पछि मेरो पालो हो।' शेरबहादुरजीले भन्नुभो-'म पटक पटक प्रधानमन्त्री भै सकेँ।'
'म चाहिँं मन्त्रीसमेत भइन।' सुशीलजीले भन्नुभो-'मैले धेरै त्याग गरेकोछु।'
'तपाईँसँग के थियो र त्याग्नु?' शेरबहादुरजीले भन्नुभो-'बरु मैले पो त्यागेँ।'
'के त्याग्नुभो? सुशीलजीले भन्नुभो-'लौ भन्नोस्।'
'म पार्टी हाँकेको मान्छे।' शेरबहादुरजीले भन्नुभो-'उताको पार्टी त्यागेर यता आएँ।' सोध्नुभो-'तपाईले के त्याग्नुभो?'
'मैले पनि त्यागेँ।' सुशीलजीले भन्नुभो-'तपाई पटकपटक ऊ हुनु भो म कहिल्यै भइन।'
'त्यही भएर भनेको।' शेरबहादुरजीले सोध्नुभो-'कहिल्यै केही नभएको मान्छे कसरी वरिष्ठ हुन सक्छ?'
'रामचन्द्रजीलाई सोधौँ।' सुशीलजीले भन्नुभो-'समाधान निस्कन सक्ला कि?'
'तपाईहरू मिल्नोस्।' रामचन्द्रजीले भन्नुभो-'मेलमिलापको विकल्प छैन।'
'कसरी मिल्ने?' शेरबहादुरजीले भन्नुभो-'समस्या यही हो।'
'उपाय सरल छ।' रामचन्द्रजीले भन्नुभो-'हानथाप छाडनोस्, दुवैजना मिलेर मलाई वरिष्ठ बनाउनोस्। सोध्नुभो-'यसभन्दा उत्तम समाधान के हुनसक्छ?'
नून र शपथ
आइतवार, 31 जनवरी 2010 12:31 भरत भुर्तेल
'अब दोहोर्याएर खाने।' उपराष्ट्रपतिले भन्नुभो-'भर पेट।'
'के खाने?' पत्रकारले सोधे-'शपथ खाने कि कसम खाने?'
'कसम नखाने।' उपराष्ट्रपतिले भन्नुभो-'अब चाहीँ शपथ खाने।'
'किन?' पत्रकारले पुनः सोधे-'कसमको साटो किन शपथ खाने?'
'कसम खाएर मैले आफ्नो कर्तव्य निभाएँ।' उपराष्ट्रपतिले भन्नुभो-'उनीहरूले निभाएनन्।'
'कस्ले निभाएन?' पत्रकारले सोधे-'कुरै बुझिएन।'
'कस्ले निभायो?' उपराष्ट्रपति दुखी हुनुभो-'भन्नोस् कस्ले निभायो?'
'त्यही सोधेको।' पत्रकारले सोधे-'कस्ले निभाएन?'
'मैले कसम खाएँ।' उपराष्ट्रपतिले सोध्नुभो-'खाएँ कि खाइन?'
'खानुभो।' पत्रकारले भने-'राष्ट्रपतिले एकथोक ख्वाउँनुभो तपाईले अर्कै थोक खानुभो।'
'हो , राष्ट्रपतिले मातृभाषामा खान भन्नुभो।' उपराष्ट्रपतिले बताउनुभो -'मैले दातृ भाषामा खाएँ।'
'हो , तपाईले त्यसो गर्नुभो।' पत्रकारले भने-'त्यसपछि गड्बड् सुरु भो।'
'मैले देशका लागि यसो गरें।' उपराष्ट्रपतिले भन्नुभो-'कर्तव्य निर्वाहका खातिर।'
'कसरी?' पत्रकारले सोधे-'मैले कुरा बुझिन।'
'तपाईँ भन्नोस्।' उपराष्ट्रपतिले सोध्नुभो-नुन कहाँबाट आउँछ?'
'कहाँबाट?' पत्रकारले भने - सायद समुद्रबाट।'
'हामी कहाँ समुद्र छ?' उपराष्ट्रपतिले सोध्नुभो-'छ कि छैन?'
'छैन।' पत्रकारले जवाफ दिए-'हामी कहाँ हिमालमात्र छ।'
'हिमालमा हिउँ हुन्छ?' उपराष्ट्रपतिले प्रश्न गर्नुभो र उत्तर समेत दिनु भो-'त्यहाँ हिउँँमात्र हुन्छ।'
'हो , हिमालमा नुन हुँदैन।' पत्रकारले सही थापे-'हिउँमात्र हुन्छ।'
'तपाईँ दालमा के हाल्नु हुन्छ?' उपराष्ट्रपतिले सोध्नुभो-'नुन कि हिउँ?'
'नुन।' पत्रकारले बताए-'दालमा हिउँ हाल्यो भने अलिनो हुन्छ।'
'बस् कुरा बुझ्नोस्।' उपराष्ट्रपतिले भन्नुभो-'मैले किन दातृभाषामा कसम खाएँ, यसैबाट प्रष्ट हुन्छ।'
'कसरी प्रष्ट हुन्छ?' पत्रकारले जिरह गरे-'मैले तैपनि बुझिन।'
'तपाई आदमी हो कि पैजामा?' उपराष्ट्रपति रिसाउनुभो-'यति सजिलो कुरा पनि बुझ्नुहुन्न!'
'म आदमी होइन।' पत्रकारले भने-'पाइजामा पनि होइन, पत्रकार हुँ।
'तपाईँलाई थाहा छ हामी कहाँ समुद्र छैन।' उपराष्ट्रपतिले भन्नुभो-'त्यही भएर नुन पनि छैन। '
'हो हामी कहाँ नुन छैन।' पत्रकारले दोहोर्याए-'किन भने समुद्र छैन।'
'समुद्र कहाँ छ?' उपराष्ट्रपतिले विशेष दिशातिर औलाले देखाउँदै भन्नुभो-'त्यो उता छ।'
उपराष्ट्रपतिको व्याख्यानमा मग्न पत्रकारले थप प्रतिक्रिया दिएनन्।
'तपाई बिहान नास्तामा नुन हाल्नुहुन्छ।' उपराष्ट्रपतिले भन्नुभो-'बेलुकाको खानामा नुन हाल्नुहुन्छ।'
'मौका परे दिउँसोको खाजामा पनि नुन हाल्छाँै।' पत्रकारले सघाए-'नुन अति आवश्यक वस्तु हो।'
'नुन खानु हुन्छ उताको।' उपराष्ट्रपतिले भन्नुभो-'शपथ खानुहुन्छ यताको।' सोध्नुभो-'के यो इमान्दारी हो?'
पत्रकार दोश्रो पटक प्रतिक्रियाविहीन भए।
'नेपाली जाति नुनको सोझो गर्न संसारभर कहलिएको छ।' उपराष्ट्रपतिले भन्नुभो-'यहाँ सब उल्टो भैरहेको छ।'
'त्यही भएर तपाईले कसम खानु भएको? पत्रकारले भने-'मैले कुरो बुझेँ।'
'देशका लागि त्यसो गर्नु पर्यो।' उपराष्ट्रपतिले भन्नुभो-'मेले देखाइदिएँ नेपालीहरू कसरी नूनको सोझो गर्छन्।'
'तर तपाईको पद खतरामा पर्यो।' पत्रकारले भनेे-'कस्तो फसाद!'
'मैले मेरो कर्तव्य निभाएँ।' उपराष्ट्रपतिले भन्नुभो-'उनीहरूले निभाएनन्।'
'कस्ले निभाएन?' पत्रकारले भने-'मैले बुझिन।'
'तिनले निभाएनन्।' उपराष्ट्रपतिले भन्नुभो-'जसका लागि मैले निभाएको थिएँ।'
'तिनले के गरे?' पत्रकारले सोधे-'अझ प्रष्ट भएन।'
'मेरो पद चैट भयो।' उपराष्ट्रपतिले गुनासो गर्नुभो-'तिनले मेरो वास्ता गरेनन्।'
त्यसपछि उपराष्ट्रपति भावुक हुनुभो। पत्रकार पनि उहाँको भावुकतामा सामेल भए।
'पद गयो, इज्जत गयो।' उपराष्ट्रपति दुःखी हुनुभो-'तिनले केही गरेनन्।'
'यो देशमा नुनको सोझो गर्नेको कल्याण नहुने रहेछ।' पत्रकार बहकिए-'जस्तो तपाईँको भएन।'
'तपाईँ नुनको सोझो गर्नुहुन्छ?' उपराष्ट्रपतिले सल्लाह दिनुभो-'नगर्नु होला।'
'किन गर्ने?' पत्रकारले भने-'नुनको सोझो गर्दा तपाईँले जस्तै दुख पाइन्छ।'
'अबदेखि यसो गर्ने।' उपराष्ट्रपतिले भन्नुभो-'नुन चाहिँ खाने , सोझो चाहिँ नगर्ने।' सोध्नुभो-'तपाई नुन खानु हुन्छ?'
'तपाईँ पहिले शपथ खानोस्।' पत्रकारले बताए-'त्यसपछि विचार गरौँला।'
'खानै पर्यो।' उपराष्ट्रपतिले भन्नुभो-'पहिले देशका लागि खाइयो, अब पेटका लागि खानुपर्ला।'