Posted by: lopchanlama April 8, 2010
लक्ष
Login in to Rate this Post:     0       ?        
अन्तिम दिन "ट्युसन"को
बिकरीमा तिमीहरुलाई
म पर्खिरहें
"ब्ल्यक टी" को वाफहरु
उडिरहेको थियो
बुनेको सपनाहरु जस्तै
शायद
वाफ र सपना
पर्यायवाची


"मुनलाईट " बाट तिमीहरु
हतारिएर आयौं
निराश अनी पिडां
मिलन- बिछोड
यो त संसारको नियम हो


हामी सबैको "ब्ल्यक टी" बाट
वाफहरु उडिरहेका थिएँ
मानौ
हामीहरुले "ब्ल्यक टी" मा
सपनाहरु घोलेका छौं
Read Full Discussion Thread for this article