~ चौतारी १८४ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी
चौतारी १८४ औं
संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म,
दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र
उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।
अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो।
कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '
हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले
हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्!
नारायण! हरी हरी!
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ!
आहा !
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो लाँकुरी....
कठै त्यो मेरो गाउँ !!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)