Posted by: ramronepal April 7, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
पुरे किन कराइरहेको ........... थुतुनो किताबमा नगएर .....

ए ठुल्दाइ ....... अाइसकेछ त है नेपाल जाने दिन नि ...... ल राम्ररी जानुस् क्यारे .... रिठ्ठे ले जस्तो माया नमार्नुस् .... चिप्ले ले जस्तै राम्रो राम्रो अझ राम्रो फोटो हरु खिचेर लेराउनुस् ...... रेचार्जेबल भन्दा टुकी वाला क्यामरा ठीक होला जस्तो छ . त्यही बोकेर जानुहोस् ......

ठुल्दाइ, थाहा छ नि तपाईंलाई ..... सुरु भयो .... बिहान उठ्ना साथ दौडिन पर्‍यो नि ...... जिउ तन्दरुस्त त राखनै  पर्‍यो नि .. मखुला  ठुल्दाइ ?

लहरे ले गरेको भाग बन्डा मा त्यो काम नलाग्ने टाउको चाँही नलगे हुन्छ है ठुल्दाइ, नत्र नेपाल मा पनि किच किच गरेर हैरान गर्छ त्यो टूक्रा टुक्री ले .....

चिप्ले लाई कस्ले रुखो सहानुभुति दियो?

चिप्ले ले भनेको जस्तै बिहान उषा, दिउँसो दिवा अनि साँझमा सन्ध्यालाई भेट्न पाये त यो चौतारी बहिस्कार गरिदिन्थे .........

अनी ठुल्दाइ, ट्याक्सी, मिटरवाला ट्येम्पो चडदा त्यो मिटर नहेर्नु है ....... नत्र रिंगटा लागेर वाक वाक लाग्छ .....

चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने ....... अर्को भक्ते, नमे र टुसे हो कि क्या हो ? चिन्नै गाह्रो भयो मलाई त .....
Last edited: 07-Apr-10 10:30 AM
Read Full Discussion Thread for this article