Posted by: chanty399 April 7, 2010
Nepalese Army: A rapist Gang
Login in to Rate this Post:     0       ?        

'हत्याको प्रमाण नस्ट गर्न सेना सक्रिय' (फोटोफिचर सहित)

smaller text tool iconmedium text tool iconlarger text tool icon
altमारिहाल्नुपर्ने स्थिति थिएन'-
भोजराज भाट, काठमाडौँ, चैत २५- व्यवस्थापिका संसदको महिला तथा बालबालिका समितिले वर्दियाको बाँसपानीमा एक बालिकासहित तीन महिला मारिएको घटना रहस्यमय भएको भन्दै सेनाले प्रमाण नष्ट गर्न भूमिका खेलेको ठहर
गरेको छ। डा. हरिहर वस्तीसहितको टोलीले गरेको स्थलगत अध्ययनपछि जारी प्रारम्भिक प्रतिवेदनमा घटनालाई 
रहस्यमय' भनिएको छ। 
घटनास्थलमा घटना भए लगत्तै प्रहरीलाई आफ्नो हिसाबले तयार पारेको मुचुल्कामा सेनाले हस्ताक्षर गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ। 
alt

घटनास्थल, जहाँ निहत्था मारिए।


सेनाले शिकारीहरुले गोली हानेपछि प्रतिकारस्वरुप फायरिङ गर्दा उनीहरुको मृत्यु भएको आधिकारिक धारणा सार्वजनिक गर्दै आएको छ। 

alt

घटनास्थल

समितिको प्रारम्भिक प्रतिवेदनमा ती महिला र बालिकामाथि बलात्कारसमेत भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि यसमा बलात्कारको पुष्टी भएको ठोस विवरण भने छैन। 
alt

पीडितका सन्तानहरु


यसअघि राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा पनि बलात्कार भएको पुष्टी हुने कुनै आधार फेला नपरेको उल्लेख छ। तर, मानवअधिकारवादी संस्था इन्सेकले जारी गरेको प्रतिवेदनमा भने बलात्कार भएको उल्लेख छ। 
alt
Last edited: 07-Apr-10 08:48 AM
Read Full Discussion Thread for this article