Posted by: chipledhunga April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, टुकीलाई तेल नचाहिए पनि मट्टितेल त चाहिएला नि। कहिले आयल निगमले दूष्ट राष्ट्रको आयल निगमलाई पैसा तिर्न नसकेर, कहिले राजमार्ग बन्द भएर, कहिले ट्यान्कर ब्यवसायीको हड्ताल आदिले मट्टितेल पाउन गार्हो छ भन्छन्। पाए पनि रक्सौल नाका देखि साहूजिको ड्रमसम्म कती ठाउँमा कती थरी मिसावट हुँदो हो। सोलारको कुरा गर्नु हुन्छ भने देखि अहिले काठमाडौंको आकाशमा घामै देखिन्न रे धूलो र धूँवाले छेकेर। बरु pollution power ले चल्ने केही पाए लान उचित हुन्थ्यो जस्तो लाग्छ है मलाई त।  


रामे, हेटौंडातिर त्यस्तै आलु साग र भात खान्छन् हो?


अरु कता लागे आज? हिंजो इस्टर हो कि वेष्टअर भन्ने पर्व थ्यो के रे, बगैंचामा अन्डा खोज्ने। धेरै अन्डा खाएर सबै बिरामी परे कि के हो?
    

Read Full Discussion Thread for this article