Posted by: aamnepali April 4, 2010
(सकिन) बनेर आँसु रुन सकिन
Login in to Rate this Post:     0       ?        
तिम्रा अगाडिमा ‘प्रेमी’ ! तरुनी नाच्दछन् संधै

मेरो अगाडिमा आमा, दिदी,बैनी र जिन्दगी ।



तिमी हेर्छौ संधै ओठ आँख छाती अधिर भई

म हेर्छु ममता, माया त्यागकी विश्व सुन्दरी ।



तिमी छातीहरु ताक्छौ वैंशका सुमसुम्याउन

म हिमालहरु ताक्छु संजिवनी पियाउन ।



तिमी कपालमा हेर्छौ रेशमी केशहरु छुन

म चाँही बादलमा हेर्छु रसधारा बहाउन ।



तिम्रा आँखाहरु खोज्छन अध्याँरा ठाउँमा छुन

मेरा आँखाहरु खोज्छन उज्याला दृश्य पाउन ।



तिम्रो प्रेम अँध्यारोमा उर्लन्छ खहरे हुँदै

मेरो प्रेम उज्यालोमा फैलन्छ गण्डकी छुँदै ।
Read Full Discussion Thread for this article