Posted by: Geology Tiger April 1, 2010
A reverse image search engine
Login in to Rate this Post:     0       ?        

 


कुरो त्यस्तो होइन मामा श्री! यो टेस्टोस्टोरन हर्मोन नामक द्रब्यको आबस्यक अनुपातमा नियमितरुपमा बहाव हुने कुनै पनि लोग्नेमान्छे, राम्रो स्वास्नीमान्छे देख्दा अथवा राम्रो स्वास्नीमान्छेको फोटो देख्दा एक किसिमले त्यसमा मोहित हुनु प्रकृतिको नियमनै हो। कतिपय क्षणिक रुपमा मोहित भएर चाँडैनै नै नियमित अवस्थामा फर्किन्छन्, कोही आदी-अनादीकालसम्म मोहित भएर अनेक कर्म-कुकर्म गर्छन्। नत्र भने रामायाण किन हुन्थे? महाभारत किन हुन्थे? दुइटा दुइटा विश्वयुद्द किन लडिन्थे? अनी चण्ड, मुण्ड, प्रचन्ड किन लुकी लुकी करीश्माको चलचित्र हेर्न जान्थे? जे होस गल्ती मान्छे बाटै हुन्छ, अनी यदि कसैले गल्तीबाट सिक्छ र गल्ती दोहराउँदैन भने उसलाई त बिशेष हौसला दिनुपर्छ न कि खुच्चिङ भनेर ताली पड्काएर बस्ने। अब त्यो बेला त्यस्तै पर्‍यो त के गर्ने? अनुहार हेर्दै भुतुक्क हुनेखालको थियो,  के थाहा त्यो ब्यक्तिको भित्री चरित्र मात्र होइन बाहिरको अनुहार पनि नक्कली रहेछ भन्ने कुरा?


(हेत्तेरी लेख्दा लेख्दै दिक्क लाग्यो कती लेख्नु? जे होस् कुरा त्यही हो बुझे भईगो!)


 

Read Full Discussion Thread for this article