Posted by: chipledhunga April 1, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

चुमेर पाना भरि यति म लेखिदिन्छु
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु


अप्रिल संक्रान्तिमय जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, मलाई समेत ब्रिद्ध समूहमा राख्नु भएको? घोर भर्त्सना घोर आपत्ति। चौतारीको सबै भन्दा जवान औतारी २२ बर्षे चिप्लेढुङ्गा हो भन्ने कुरा सबैलाई चेतना भया।
खोइ सबै मौसम हेर्न बाहिर निस्केका रहेछन्, बाहिर च्वाँक मौसमी भएकी भए त म पनि जान्थें होला। मौसम हेर्ने खालको परिएन आफू।
बिचरा पूरेलाई सुन्तलीले अलपत्र पारिछ बाटैमा। पीर नगर, सुन्तलीले छोड्या भए मुन्तली आउली, नभए भोगटी, ज्यामीरी, आँपी, आदी कोही न कोही पाउने नै छौ।
प्रश्ने, पून्टे, बाउचा आदी सबैलाई जदौ।
चौतरीका महिला समूहलाई यतै देखे जस्तो पो लाग्यो है, खोइ को को रहेछन् चिनौं है।
        


Read Full Discussion Thread for this article