Posted by: lopchanlama March 30, 2010
मेरो देश नेपाल
Login in to Rate this Post:     0       ?        

शहिदको सपना


चस्स चस्स दुख्छ
हर-बिहान
जब अखबारहरु पल्टाउछु
सगै  टेबलमा
बिराजमान मेरो प्रिय ल्यापटप


तातो चिया
अखबार
पर्यायवाची


शहिदको सपनाहरु
बाफसगैं उडिरहेको थियो
निराश भयो
खिल्ली सल्काएँ

एक तमाश भो
नेपालको संबिधान
दैवले जानुन


वतासे नेताहरु सम्झे
पारो चडयो
लामो सर्को तानी भुईमा फाले
खुट्टाले कुल्ची खिल्ली निभाएँ
मन अली हलुका भयो

Read Full Discussion Thread for this article