Posted by: lopchanlama March 30, 2010
तिम्रो तस्बिर तिम्रो तस्बिर तिम्रो तस्बिर
Login in to Rate this Post:     0       ?        
सरल अनी नम्र
छोटो थियो जवाफ
जब फ्यक्के प्रश्न तिर
पल भरको वार्तालाप
एक जुनि 

चङ्गा सरि उड्यो
निल गगन चुम्दै 
समय चक्र  झुक्दै 
गोदुलिको स्वागत 

पाइलाहरु डोर्‍यायो 
गन्तब्य कर्मभुमि
अन्त्य मिठो  वार्तालाप  
बाचा एउटा रचनाको

पेकिगंबाट पाइला सार्दा
सुरज पश्चिममा  लुक्दै थियो
तिम्रो तस्बिर 
क्यानभासमा मुस्कुराई रहेकी थीई


Read Full Discussion Thread for this article