Source: PeopleBoat.com पिपलबोट डट कम
संयुक्त राज्य अमेरिकामा यस लेखकले दिनभरिको मात्र होइन िसंगो एक दशक लगाएर ुगि्रनकार्डु नामको एक थान सिकार फेला पार्ने नेपाली सिकारीलाई धेरै भेटेको छ ! पाठक महोदय के तपाईंले पनि भेट्नु भएको छ केही यस्ता शिकारीको शुभनाम गोप्य राखेर म अशुभ परिस्थितिका बारेमा जानकारी गराउँन चाहन्छु । कुरा सुरु गरौं बोस्टोनमा मेरा एक महिला मित्र हुनुहुन्छ- पूर्व पत्रकार । उहाँ चलचित्र तथा कला क्षेत्रमा समाचार सङ्कलन गर्ने गर्नुहुन्थ्यो । ुअमेरिकामा रहेका नेपाली कलाकारको जीवनी सङ्कलन गर्नेु उद्देश्य देखाएर आपुू संलग्न रहेको अखबारको सिफारिसपत्रसहित भिसाका लागि आवेदन दिनुभयो । एक महिनाका लागि प्रवेशाज्ञा पाएर अमेरिका भित्रिनुभयो । त्यस्ता एक महिना ६० वटा बिते तर उहाँ नेपाल फर्किनु भएन । ुओभर स्टेु नामको ुपद्वीु धारण गरेर यहाँ बसेको बस्यै गर्नुभयो । पाँच वर्षसम्म बेनाम दासीसरह अमेरिकामा ट्याइलेट सफा गरेर र भुईं घोटेर बस्नुभयो ।
जति कमाउनुहुन्थ्यो गि्रनकार्ड दिलाइदिन्छु भन्ने अमेरिकाकै वकिललाई बुझाउनु हुन्थ्यो ।
Source: PeopleBoat.com पिपलबोट डट कम