Posted by: lopchanlama March 29, 2010
मेरो देश नेपाल
Login in to Rate this Post:     1       ?         Liked by
उदासिनताको छहारीमा
सलबलाएका मनहरु
बोध-हिनताको भकारीमा
बरबराएका धड्कनहरु
आत्म-ग्य्लनी भई बिलाएका
मरुभुमिको पानी जसरी
दबिएर बसेका जिझिबिषाहरु
ज्वालामुखी मुख भेट्टाउन नसकी
धर्ती भित्र बिलिन  रंगिन सपनाहरु
मेरो कोठाको भित्तामा झुन्डिएको
खाली क्यानभास जसरी
बिकासको मुल सुकाउने
भ्रस्ट बनमारे नेताहरुलाई
सरापेर रुदै बसेको छ
मेरो देश नेपाल
Read Full Discussion Thread for this article