Posted by: lopchanlama March 27, 2010
तिम्रो तस्बिर तिम्रो तस्बिर तिम्रो तस्बिर
Login in to Rate this Post:     1       ?         Liked by
मस्किएर पहराबाट झरेको
सुन्दर झरना जस्तो
लजाएर बादलबाट चिहाएको
चन्चल जुन जस्तो
मुस्कुराउदै क्षितिजबाट झुल्किएको
मिर्मिरे सुर्योदय जस्तो
तिम्रो तस्बिर
हिमालको शिरमा फुलेको
कोमल लालिगुराँस जस्तो
मक्किएर धमिराले खाई
खोक्रो भएको मेरा अक्षरहरु
मस्तिस्क गरा-गरामा
शब्द बिउहरु रोपेर
बसन्तको आगमनलाई
पर्खि बसेको छ
Read Full Discussion Thread for this article